काठमाडाैं माघ २२
नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई क्रिकेट सिरिज र आईसीसी विश्वकप लिग-२ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार साँझ क्यानडाविरुद्धको सिरिज तथा लिग-२ का लागि नेपाली टिमको घोषणा गरेको हो ।
क्यानले क्यानडाविरुद्धको टिममा यू-१९ कप्तान देव खनाल, हेमन्त धामी, रिजन ढकाल,आकाश चन्द र सूर्य तामाङजस्ता युवा खेलाडीलाई अवसर दिएको छ । त्यस्तै अनिल शाहले लामो समयपछि टिममा कमब्याक गरेका छन् ।
त्यसैगरी सीडब्लुसी लिग-२ का लागि सुर्य तामाङ र रिजन ढकाललाई टिममा समावेश गरेको छ ।
नेपालले क्यानडाविरुद्ध फेब्रुअरी ८ र १२ मा दुई खेल खेल्ने छ भने लिग-२ का खेल फेब्रुअरी १५ देखि २४ सम्म काठमाडौंमै खेल्ने छ ।
लिग-२ त्रिकोणात्मक सिरिज हुनेछ भने यसमा नेपालसहित नामिबिया र नेदरल्याण्ड्स खेल्ने छन् ।