Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, बैशाख १२, २०८३
☰
Logo शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २. आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण ५० प्रतिशत पूरा

  • ५. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ६. कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

  • ७. बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ८. सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ९. विष्णुमति खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

  • १०. नेपालमा बर्डफ्लुको महामारीः १ लाख ३० हजारभन्दा बढी पंक्षी नष्ट

राष्ट्रिय खेलाडी आउन थालेपछि सिद्धार्थ रङ्गशालामा दर्शकको घुइचो

रुपन्देही, ११ माघ
भैरहवाका विजयसागर श्रेष्ठ साहित्यकार हुनुहुन्छ । साहित्यमा दख्खल राख्ने श्रेष्ठको पछिल्लो समय साहित्य छाडेर क्रिकेटमा रुचि बढेको छ । भैरहवामा भइरहेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उहाँ दैनिक देखिनुहुन्छ । कहिले दर्शकदीर्घाबाट, कहिले विशिष्ठ व्यक्ति बस्ने प्यारापिटबाट उहाँ खेल नियालिरहेको भेटिनुहुन्छ । “आफ्नै नगरमा राष्ट्रिय प्रतियोगिता भइरहेको छ, यहाँ नआएर भयो त ?”, बुधबार हर्षित मुद्रामा भेटिनुभएका श्रेष्ठले भन्नुभयो ।

नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीको अहिले भैरहवामा जमघट भएको छ । भैरहवामै राष्ट्रिय टोलीका खेलाडी पाएपछि यहाँका प्रंशसक पनि हौसिएका छन् । दर्शक नै नपाउने सिद्धार्थ क्रिकेट रङ्गशाला अहिले दर्शकले भरिभराउ छ । भैरहवामात्र होइन, रुपन्देहीका ग्रामीण क्षेत्रबाट पनि खेल हेर्न र राष्ट्रिय खेलाडीलाई भेट्न दर्शक भैरहवा आइपुग्ने गरेका छन् ।

खेल सुरु हुनुअघि र खेल समापनपछि रङ्गशाला बाहिर प्रंशसकहरू खेलाडीको एक झलक पाउन तथा उनीहरूसँग तस्बिर लिन लालयित हुने गरेका छन् । खेलाडीले पनि दर्शकको माया र हुटिङ पाएका छन् । दर्शकसँग फोटो खिचाउन खेलाडीलाई भ्याइनभ्याई छ ।

सिद्धार्थ क्रिकेट रङ्गशाला दर्शक र राष्ट्रिय खेलाडीको मिलन गराउने माध्यम बनेको छ । पहिलोपटक आयोजना भएको राष्ट्रियस्तरको प्रधानमन्त्री कप प्रतियोगिताले भैरहवा क्रिकेटमय भएको छ । खेलाडी पनि काठमाडौँ बाहिर नयाँ खेलमैदान पाएपछि दङ्ग छन् ।

त्रिभुवन आर्मी क्लबका कप्तानसमेत रहनुभएका राष्ट्रिय खेलाडी विनोद भण्डारी केही वर्षयता नै सिद्धार्थ रङ्गशाला परिवर्तन भएको प्रतिक्रिया दिनुभयो । “म करिब अढाइ वर्षअघि यहाँ घरेलु प्रतियोगिता खेल्न आएको थिएँ, यो अढाइ वर्षमा यहाँ धेरै परिवर्तन भइसकेको छ”, भण्डारीले भन्नुभयो, “पिच राम्रो बनेको छ, ‘आउटफिल्ड’ एकदमै राम्रो बनेको छ, दर्शकका लागि ‘स्टेण्ड’ पनि बनिसकेको रहेछ, यो यही रोकिनु भएन अझै अगाडि बढ्नुपर्छ ।”

उहाँले अहिले काठमाडौँमा मात्र अन्तर्राष्ट्रिय खेल भइरहेको अवस्थामा अब भैरहवा पनि यस्तो खेल खेलाउन सक्षम रहेको बताउनुभयो । भण्डारीले भैरहवाको पिच खेल्न योग्य रहेको बताउनुभयो । गत पुस २८ गतेदेखि प्रधानमन्त्री कप सुरु भएदेखि नै भैरहवाको पिचले घाम हेर्न पाएको थिएन । यसले गर्दा यहाँ रन धेरै बन्न सकेको थिएन । पिच राम्रो हुनलाई पानी र घाम हुनुपर्छ यसले ब्याटरहरूलाई रन बनाउन सहयोग गर्छ । आर्मीका कप्तान विनोद भण्डारीका अनुसार सिद्धार्थ रङ्गशालाको पिचले घाममात्र पाएको भए यहाँ उच्च अङ्क बन्ने थिए ।

आर्मीका कप्तानको जस्तै धारणा राष्ट्रिय टोलीका समेत कप्तान रहनुभएका सशस्त्र प्रहरीका रोहित पौडेलको पनि छ । उहाँले पनि भैरहवाको खेलमैदान राम्ररी तयार गरेको प्रतिक्रिया दिनुभयो । “विशेषगरी आउटफिल्ड खेल्नका लागि साह्रै राम्रो छ, पिचले घाम पनि पाएको छैन, यस्तो अवस्थामा पनि यति राम्रो विकेट तयार गर्नुभएको छ”, पौडेलले भन्नुभयो, “आउने दिनमा यहाँ अझै राम्रा खेल हुँदै जाउन्, हामी यहाँ नेपालका लागि खेल्न चाहन्छौँ ।”

पौडेल पिच तयार भइसकेको अवस्थामा रङ्गशालालाई विस्तारै विकसित गरी लैजान सकिने बताउनुहुन्छ । “सिद्धार्थ क्रिकेट रङ्गशालामा अन्तर्राष्ट्रियस्तरका खेल हुने पिच छ”, उहाँले भन्नुभयो, “अब यसलाई ‘अपडेटेड’ गरेर यहाँको समिति कसरी अगाडि बढ्छ, त्यो महत्त्वपूर्ण पाटो हो ।”

सिद्धार्थ रङ्गशालामा अहिले छवटा पिच रहेका छन् । रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाका अनुसार त्यसमध्ये तीनमा रातो माटो तीन वटामा पहेँलो माटो प्रयोग गरिएका पिच छन् । आठ वर्षअघि गुरुयोजनासमेत तयार भएको रङ्गशालामा अहिलेसम्म करिब रु १० करोड खर्च गरिसकिएको उहाँले बताउनुभयो । आफ्नै एकेडेमीसमेत तयार पार्ने लक्ष्यसहित रुपन्देही क्रिकेट सङ्घले अहिले तीन सिमेन्ट पिच र दुई टर्स पिच निर्माण गरिसकेको छ ।

करिब साढे सात बिघा क्षेत्रफलमा फैलिएको रङ्गशालाको आठ वर्षअघि गुरुयोजना तयार भए पनि अहिलेसम्म करिब १० प्रतिशत मात्र काम हुनसकेको नेपाल क्रिकेट सङ्घका पूर्वकार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको भनाइ छ । तत्कालीन समयमा रु ३८ करोड लागत अनुमान गरिएको थियो । अहिले यसलाई पुनःमूल्याङ्कन गरी अगाडि बढ्नुपर्ने उहाँको धारणा छ । -राष्ट्रिय समाचार समिति (रासस)

Chitwan Aaja चितवन आज
बिहिबार, माघ ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो
जनतालाई धेरै दुःख नदिन बालेनलाई हर्कको आग्रह
सुकुमबासी बस्ती हटाउने विषयमा बोले प्रधानमन्त्री बालेन

ताजा समाचार

सबै

थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो

जनतालाई धेरै दुःख नदिन बालेनलाई हर्कको आग्रह

सुकुमबासी बस्ती हटाउने विषयमा बोले प्रधानमन्त्री बालेन

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

सुक्खाले बढायो डढेलो र प्रदूषण

चितवनमा लगाइएको चैते धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या

पत्रकार आचारसंहिता उल्लङ्घन र मिथ्या सामग्रीप्रति काउन्सिलको चेतावनी

१७ जना डाक्टरको दर्ता खारेज

महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित

अध्यक्ष साम्पाङ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा

बालेन सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा छैन : महेश बस्नेत

सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

मालपोत कार्यालय भक्तपुरबाट ११ जना बिचौलिया पक्राउ

सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २.
    आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण ५० प्रतिशत पूरा

  • ५.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ६.
    कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.