काठमाडौं माघ ८
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले ग्यालेक्सी टीभी छाड्दा आफ्नो नाममा १ करोड ८० लाख रुपैयाँ आफ्नो निजी खातामा नआएको दाबी गरेका छन् ।
सम्बन्धित कम्पनीले चेक दिए पनि खातामा पैसा जम्मा नभएको उनले बताए । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर रविले आफ्नो खातामा पैसा जम्मा नभएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा उनले बैंकको पत्र पढेर सुनाएका थिए । बैंक क्लियरेन्समा पैसा नआए पनि कम्पनी रजिस्ट्रार कार्यालयमा स्लिप गएको उनले दाबी गरे ।
ु१ करोड ८० लाखको चेक डिपोजिट नभएको भन्दिनँ, तर घण्टी बजेन,ु लामिछानेले भने ।
पत्रकार सम्मेलनमा उपस्थित रास्वपा नेता एवं पूर्व बैंकर अनिल केशरी शाहले रविको नाममा चेक डिपोजिट गरिए पनि खातामा पैसा जम्मा नभएको बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार