काठमाडाैं माघ ८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।
मुख्य गरी सहकारी ठगीमा आफ्नो समेत नाम जोडिएपछि जानकारी दिन लामिछानेले आज साढे ४ बजे पार्टी कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
उनी आफैंले सामाजिक सञ्जालमा लेख्दै पत्रकार सम्मेलन गर्न लागेको बताएका छन् ।
‘सम्पूर्ण गाली गलोजहरू सुरक्षित राख्नु होला । कुनै दिन मन लागे पछुताउन काम लाग्न सक्छ। पार्टी कार्यालयमा आज ४ः३० बजे पत्रकार सम्मेलनमा प्रश्नसहित आउनु होला’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार