७ माघ, काठमाडौं ।
नेपालका युवा ब्याटर अर्जुन कुमालले आईसीसी यू-१९ विश्वकप २०२४ मा न्युजिल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
आफ्नो लय, क्षमता र जिम्मेवारी ब्याटिङलाई निरन्तरता दिँदै अर्जुनले ७३ बलमा अर्धशतक प्रहार गरेका हुन् ।
जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा ५ विकेट गुमाउँदै १२३ रन बनाएको छ ।
अर्जुन कुमाल ७४ बलमा ६ चौकासहित ५३ र दीपक बोहरा १३ रनमा नट आउट छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार