काठमाडाैं पुस २०,
नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने तय भएको छ । बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने छ ।
राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
यस्तै राष्ट्रियसभा निर्वाचनका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
बिहीबार पनि पार्टीअध्यक्ष केपी शर्मा ओलीले प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार