चितवन, बैशाख २८ –
स्थानीय तहको निर्वाचनलाई लक्ष्ति गरेर चितवनमा आजदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले गए राति १२ बजेदेखि मतदान हुने दिनसम्म मादक पदार्थ विक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई भयरहित र विश्वसनिय बनाउन सो निर्णय गरिएको बताए ।
स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ अनुसार रोक लगाइएको बताउँदै प्रशासनले उक्त आदेशलाई पालना नगरे कारबाही गरिने बताएको छ ।