काठमाडाैं पुस १,
सुदूरपश्चिमको बैतडीस्थित झुलाघाटबाट शुरू भएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को समृद्धिका लागि मध्यपहाडी संकल्प यात्रा आज सुदूरपूर्वको पाँचथरमा रहेको चिवाभञ्ज्याङमा गएर टुंगिदै छ ।
गत मंसिर १४ गते थालनी भएको संकल्प यात्रा १८ दिपछि आज टुंगिन लागेको हो ।
शनिवार एमालेले पाँचथर सदरमुकाम फिदिममा यसअघिको अन्तिम सभा गरेको थियो ।
त्यहाँ आयोजित कार्यक्रमलाई शनिवार दिउँसो एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गरेका थिए ।
जहाँ उनले राष्ट्रिय स्वाधीनताको रक्षा, विकास र समृद्धिका लागि आसन्न २०८४ को आमनिर्वाचनमा एमालेलाई बहुमत दिएर एकमनाको सरकार बनाउने ठाउँमा पुर्याउन आग्रह गरेका थिए ।
आफ्नो जन्मजिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनी फिदिम पुगेका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार