२८ मंसिर, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)को महाधिवेशन प्रक्रिया आजदेखि सुरु भएको छ ।
सात प्रदेशका सात वडाबाट आज अधिवेशन सुरु गरिँदैछ। सात ठाउँका वडा अधिवेशन सुरु गर्न केन्द्रीय नेता खटाइएको रास्वपाले जनाएको छ ।
रास्वपाले यसअघि वडा तहमा तदर्थ समिति बनाएको थियो। अहिले नयाँ प्रक्रियाद्वारा अधिवेशन गर्न लागिएको हो।
रास्वपाले मनोनीतसहित ११ सदस्यीय वडा समिति गठन गर्ने छ।
वडा समिति समावेशी चरित्रको हुन्छ। मंसिर २१ गतेसम्म रास्वपाको सदस्य बनेकाले चुन्ने र चुनिने प्रक्रियामा सहभागी हुन पाउने पनि रास्वपाले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार