काठमाडौँ, ६ असोज
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् । यसअघि पनि उनी अध्यक्ष नै थिए ।नेतृत्वमा पुन: दोहोरिएका छन् । अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो ।
रोशन सिंह उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा पदम खड्का निर्विरोध भएका छन् ।
सचिवलगायत अरु पदका लागि भने उम्मेदवारी दर्ता जारी छ ।
नेपाल क्रिकेट संघको शुक्रबार काठमाडौंमा शुरू भएको साधारणसभा आज शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार