Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, फागुन २६, २०८२
☰
Logo मङ्गलबार, फागुन २६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४. अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५. चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ६. सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

  • ७. इजरायल–इरान युद्ध पाँचौँ दिनमा प्रवेशः रातभर इरानको प्रहार

  • ८. चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

  • ९. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • १०. दोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने

पुरानो मेडिकल कलेजमा पत्रु बनेको एम्बुलेन्स गैरकानुनी रुपमा नविकरण र रङ परिवर्तन, सञ्चालन नगर्न निर्देशन

काठमाडौँ, साउन २०-

चितवन निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको निर्वाचन क्षेत्रमा मात्र प्रयोग गर्ने गरी एम्बुलेन्सको दुरुपयोग भएको छ। सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलालाई निःशुल्क गरिएको ब्लु बस र ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि भनेर मोबाइल क्लिनिक सञ्चालनमा ल्याउनुभएको छ तर एम्बुलेन्सको रङ परिवर्तन गरी नीलो बनाएर तथा अन्य विशेष सूचना दिने सङ्केतसमेत हटाएर राजनीतिक उद्देश्य पूरा हुने गरी एम्बुलेन्स सञ्चालन गर्दा एम्बुलेन्सको प्रचलित मापदण्ड र ऐनका कतिपय प्रावधान मिचिएका छन्।

विसं. २०६९ मा भारत सरकारले कलेज अफ मेडिकल साइन्स, भरतपुर चितवन (पुरानो मेडिकल कलेज) लाई सहयोगस्वरूप दिएको र नियमानुसार लाग्ने भन्सार तथा करमा नेपाल सरकारले कर छुट दिएको एम्बुलेन्स नियम अनुसार अहिले पत्रु बनाउनुपर्ने हो। २०६९ असार २६ गते नारायणी यातायात कार्यालयमा ना २ च ५६१६ नम्बरमा दर्ता भएको तर पाँच वर्षदेखि नवीकरणसमेत नभएको एम्बुलेन्स राष्ट्रिय एम्बुलेन्स निर्देशिकाविपरीत २०७९ साउन १४ गते नवीकरण गरेर गैरकानुनी रूपमा प्रयोगमा ल्याइएको छ। सेतो रङको विवरणसहित दर्ता भएको एम्बुलेन्स गैरकानुनी रूपमा रङ परिवर्तन गरी प्रयोगमा ल्याइएको हो।

दर्ता नवीकरणका लागि नारायणी यातायात कार्यालय वीरगन्जमा निवेदन दिँदा पुरानो मेडिकल कलेजले रङ परिवर्तन गर्न र नारायणीबाट बागमतीमा दर्ता स्थानान्तरणका लागि निवेदन दिएको भए पनि ती दुई निवेदनमा यातायात कार्यालयले कुनै निर्णय नदिएर खालि जरिबानासहित पाँच वर्षको नवीकरण मात्र गरेको छ। नवीकरण नभएको अवस्थामा पनि पुरानो मेडिकल कलेजले उक्त एम्बुलेन्सको दुरुपयोग गरेको थियो। त्यस बेला उक्त एम्बुलेन्स अस्पतालका कर्मचारी बोक्ने प्रयोजनमा मात्र प्रयोग भएको थियो।

पत्रु बनाउनुपर्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले राष्ट्रिय एम्बुलेन्स ऐन अनुसार रङ बदल्न नमिल्ने बताउनुभयो। आर्थिक ऐन अनुसार एम्बुलेन्सको अगाडि, पछाडि टाढैबाट देखिने गरी ठुला अक्षरमा ‘एम्बुलेन्स’ लेखिएको हुनुपर्ने प्रावधान छ तर रास्वपाले प्रयोगमा ल्याएको एम्बुलेन्सको रङ नीलो बनाएको छ भने अगाडि र पछाडिको अक्षर पनि मेटाएको छ।

मन्त्रालयका प्रवक्ता डा. अधिकारीले चितवनमा रास्वपाले सञ्चालनमा ल्याएको एम्बुलेन्स मोबाइल क्लिनिकको नाम दिएर सञ्चालन गर्न नमिल्ने बताउँदै भन्नुभयो, “१० वर्ष पुरानो एम्बुलेन्सलाई पत्रु बनाउनुपर्ने हुन्छ। त्यति पुरानो एम्बुलेन्स नवीकरण गर्न मिल्दैन। कसरी फेरि नवीकरण भयो भन्नेबारेमा यातायात कार्यालय जवाफदेही हुन्छ।”

यातायात व्यवस्था कार्यालय वीरगन्जका कार्यालय प्रमुख उमेश रेग्मीले अस्पतालले एम्बुलेन्सको रङ फेर्न निवेदन दिएको बताउँदै भन्नुभयो, “तर, अझैसम्म रङ फेर्न स्वीकृति दिइएको छैन।” काजगपत्रमा सेतो रङको सो एम्बुलेन्समा नीलो रङ लगाइएको छ। त्यसको दर्ता नारायणीबाट बागमतीमा स्थानान्तरण गर्न निवेदन दिइए पनि त्यसका लागि अझैसम्म स्वीकृति दिइएको छैन।

उहाँले भन्नुभयो, “जुन संस्थाको नाममा दर्ता छ त्यही संस्थाले चलाउनु पर्छ। जुन प्रकृतिको हो त्यही प्रकृति र प्रयोजनका लागि चलाउनु पर्छ। अन्यथा १० हजार रुपियाँसम्म जरिवाना र सवारी जफतसम्मको कारबाही हुन्छ।”

१० वर्ष पुरानो एम्बुलेन्स नवीकरण नगर्ने व्यवस्था पनि छ। पाँच वर्ष नवीकरण नभएर नचलेको उक्त एम्बुलेन्सलाई पुनः नवीकरण गरिएको छ। सवारी सञ्चालन हुन सक्छ र कन्डिसनमा छ भने नवीकरण गर्न मिल्ने कार्यालयले जनाएको छ। कार्यालय प्रमुख रेग्मीले भन्नुभयो, “कागजात पुर्‍याएर कर र जरिबाना तिरेर आएपछि नवीकरण गरेका हौँ। एम्बुलेन्स सञ्चालन गर्छौं भनेर अस्पतालले कागजात लिएर आएपछि राजस्वका हिसाबले पनि नवीकरण त गर्नुपर्‍यो।”

निर्देशिका अनुसार दर्ता छैन

राष्ट्रिय एम्बुलेन्स निर्देशिका अनुसार नेपालमा सञ्चालित एम्बुलेन्स स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दर्ता गर्नु पर्छ। सो पार्टीले प्रयोगमा ल्याएको उक्त एम्बुलेन्स मन्त्रालयमा दर्ता गरिएको छैन। स्वास्थ्य मन्त्रालयमा हालसम्म एक हजार एक सय मात्र एम्बुलेन्स दर्ता भएका छन्। मन्त्रालयका अनुसार नेपालमा राजस्व छुट पाएका एम्बुलेन्सको सङ्ख्या दुई हजार छ सय रहेको छ।

पत्रु बनाइएको एम्बुलेन्सको विवरण भन्सार कार्यालयमा बुझाएपछि मात्र अर्को एम्बुलेन्स खरिद गर्न सकिन्छ। आर्थिक ऐन अनुसार राजस्व छुटको सुविधामा पैठारी भएको एम्बुलेन्स र शववाहन १० वर्ष पुरानो भई वा दुर्घटना वा अन्य कुनै कारणले प्रयोग गर्न नसक्ने भएमा सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट त्यसलाई पत्रु गरी दर्ता खारेज गराई सोको प्रमाण भन्सार कार्यालयमा पेस गरेपछि त्यसको सट्टा अर्को ल्याउन पाइने स्पष्ट उल्लेख छ।

एम्बुलेन्स ट्र्याकिङ प्रणाली लुम्बिनीबाहेक अन्य प्रदेशमा लागु भइसकेको छ। उक्त प्रणाली अन्तर्गत एम्बुलेन्स आवश्यकता परेमा सेवाग्राहीले १०२ नम्बरमा फोन गर्नुपर्ने हुन्छ। नेपालमा हाल दुई हजार छ सय एम्बुलेन्स रहेकामा एक हजार चार सय वटा १० वर्ष पुराना छन् तर राजस्व सुविधा लिएर एम्बुलेन्स भित्रिएको १० वर्ष चलाएपछि त्यसलाई सञ्चालन गर्न नपाउने कानुनी व्यवस्था छ।

अस्पतालको तर्क

पुरानो मेडिकल कलेजले त्यही अवैध एम्बुलेन्स राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चितवनमा मोबाइल क्लिनिक सञ्चालन गर्न दिएको हो। कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) निर्देशक प्राडा मनोहर प्रधानले उक्त एम्बुलेन्स पुरानो मेडिकल कलेजले उपलब्ध गराएको तर रास्वपालाई नदिएको जिकिर गर्नुभयो।

उहाँले एम्बुलेन्स रास्वपालाई नभई चितवनका क्षेत्र नं. २ का जनताका लागि दिएको र त्यस क्षेत्रका जनप्रतिनिधिलाई उपलब्ध गराएको तर्क गर्नुभयो। उहाँले एम्बुलेन्स यातायात कार्यालयमा नवीकरण गरी सञ्चालनमा ल्याएको बताउँदै भन्नुभयो, “रङ बदलेर सञ्चालन गर्नु हुँदैन भन्ने भनाइ आएको छ। त्यो मलाई जानकारीमा थिएन। त्यस्तो हो भने कानुन अनुसार एम्बुलेन्स सञ्चालन गर्ने छौँ।”

उहाँले १० वर्ष अवधि नाघिसकेका एम्बुलेन्स सञ्चालन नगरी पत्रु बनाउने कानुनी व्यवस्थाबारे आफूलाई जानकारी नभएको बताउनुभयो। उहाँले शुक्रबारदेखि नै उक्त एम्बुलेन्स सञ्चालन नगर्न निर्देशन दिएको बताउनुभयो। डा. प्रधान रास्वपा पार्टी स्वास्थ्य तथा जनसङ्ख्या विभाग बागमती प्रदेशका संयोजक हुनुहुन्छ। उहाँकै दलगत संलग्नताकै कारण एम्बुलेन्सको राजनीतिक दुरुपयोग भएको हो। गोरखापत्र दैनिकमा खबर छ ।

ना २ च ५६१९ नम्बरको एम्बुलेन्सको दर्ता फाइलमा रहेका कागजातहरु, पूरानो कागजातहरु नभेटिएको जानकारी

Chitwan Aaja चितवन आज
शनिबार, साउन २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
जिपले च्यापेर चालकको मृत्यु
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छः कुलमान घिसिङ

ताजा समाचार

सबै

जिपले च्यापेर चालकको मृत्यु

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छः कुलमान घिसिङ

भरतपुरको सूर्यमुखी खेतीमा फोटो भिडियो खिच्नेको घुईंचो

इरानको चेतावनी: आक्रमण नरोकिए खाडीबाट एक लिटर तेल पनि बाहिर जान दिँदैनौँ

मतदाता शिक्षा प्रभावकारी नहुँदा सर्लाहीमा १९ हजार बढी मत बदर

बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल

काठमाडौंको वायु प्रदूषणले पार गर्‍यो निकै अस्वस्थको तह

सुनको मूल्य तीन लाख १७ हजार रुपैयाँमा कायम

दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

प्रतिनिधिसभा सदस्य निर्वाचनः चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथग्रहण

नवलपरासीबाट शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानबाट संसद्सम्म पुग्नुभएका राजन गौतम

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४.
    अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५.
    चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ६.
    सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.