Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असोज २७, २०८२
☰
Logo सोमबार, असोज २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • १०. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

पुरानो मेडिकल कलेजमा पत्रु बनेको एम्बुलेन्स गैरकानुनी रुपमा नविकरण र रङ परिवर्तन, सञ्चालन नगर्न निर्देशन

काठमाडौँ, साउन २०-

चितवन निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको निर्वाचन क्षेत्रमा मात्र प्रयोग गर्ने गरी एम्बुलेन्सको दुरुपयोग भएको छ। सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलालाई निःशुल्क गरिएको ब्लु बस र ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि भनेर मोबाइल क्लिनिक सञ्चालनमा ल्याउनुभएको छ तर एम्बुलेन्सको रङ परिवर्तन गरी नीलो बनाएर तथा अन्य विशेष सूचना दिने सङ्केतसमेत हटाएर राजनीतिक उद्देश्य पूरा हुने गरी एम्बुलेन्स सञ्चालन गर्दा एम्बुलेन्सको प्रचलित मापदण्ड र ऐनका कतिपय प्रावधान मिचिएका छन्।

विसं. २०६९ मा भारत सरकारले कलेज अफ मेडिकल साइन्स, भरतपुर चितवन (पुरानो मेडिकल कलेज) लाई सहयोगस्वरूप दिएको र नियमानुसार लाग्ने भन्सार तथा करमा नेपाल सरकारले कर छुट दिएको एम्बुलेन्स नियम अनुसार अहिले पत्रु बनाउनुपर्ने हो। २०६९ असार २६ गते नारायणी यातायात कार्यालयमा ना २ च ५६१६ नम्बरमा दर्ता भएको तर पाँच वर्षदेखि नवीकरणसमेत नभएको एम्बुलेन्स राष्ट्रिय एम्बुलेन्स निर्देशिकाविपरीत २०७९ साउन १४ गते नवीकरण गरेर गैरकानुनी रूपमा प्रयोगमा ल्याइएको छ। सेतो रङको विवरणसहित दर्ता भएको एम्बुलेन्स गैरकानुनी रूपमा रङ परिवर्तन गरी प्रयोगमा ल्याइएको हो।

दर्ता नवीकरणका लागि नारायणी यातायात कार्यालय वीरगन्जमा निवेदन दिँदा पुरानो मेडिकल कलेजले रङ परिवर्तन गर्न र नारायणीबाट बागमतीमा दर्ता स्थानान्तरणका लागि निवेदन दिएको भए पनि ती दुई निवेदनमा यातायात कार्यालयले कुनै निर्णय नदिएर खालि जरिबानासहित पाँच वर्षको नवीकरण मात्र गरेको छ। नवीकरण नभएको अवस्थामा पनि पुरानो मेडिकल कलेजले उक्त एम्बुलेन्सको दुरुपयोग गरेको थियो। त्यस बेला उक्त एम्बुलेन्स अस्पतालका कर्मचारी बोक्ने प्रयोजनमा मात्र प्रयोग भएको थियो।

पत्रु बनाउनुपर्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले राष्ट्रिय एम्बुलेन्स ऐन अनुसार रङ बदल्न नमिल्ने बताउनुभयो। आर्थिक ऐन अनुसार एम्बुलेन्सको अगाडि, पछाडि टाढैबाट देखिने गरी ठुला अक्षरमा ‘एम्बुलेन्स’ लेखिएको हुनुपर्ने प्रावधान छ तर रास्वपाले प्रयोगमा ल्याएको एम्बुलेन्सको रङ नीलो बनाएको छ भने अगाडि र पछाडिको अक्षर पनि मेटाएको छ।

मन्त्रालयका प्रवक्ता डा. अधिकारीले चितवनमा रास्वपाले सञ्चालनमा ल्याएको एम्बुलेन्स मोबाइल क्लिनिकको नाम दिएर सञ्चालन गर्न नमिल्ने बताउँदै भन्नुभयो, “१० वर्ष पुरानो एम्बुलेन्सलाई पत्रु बनाउनुपर्ने हुन्छ। त्यति पुरानो एम्बुलेन्स नवीकरण गर्न मिल्दैन। कसरी फेरि नवीकरण भयो भन्नेबारेमा यातायात कार्यालय जवाफदेही हुन्छ।”

यातायात व्यवस्था कार्यालय वीरगन्जका कार्यालय प्रमुख उमेश रेग्मीले अस्पतालले एम्बुलेन्सको रङ फेर्न निवेदन दिएको बताउँदै भन्नुभयो, “तर, अझैसम्म रङ फेर्न स्वीकृति दिइएको छैन।” काजगपत्रमा सेतो रङको सो एम्बुलेन्समा नीलो रङ लगाइएको छ। त्यसको दर्ता नारायणीबाट बागमतीमा स्थानान्तरण गर्न निवेदन दिइए पनि त्यसका लागि अझैसम्म स्वीकृति दिइएको छैन।

उहाँले भन्नुभयो, “जुन संस्थाको नाममा दर्ता छ त्यही संस्थाले चलाउनु पर्छ। जुन प्रकृतिको हो त्यही प्रकृति र प्रयोजनका लागि चलाउनु पर्छ। अन्यथा १० हजार रुपियाँसम्म जरिवाना र सवारी जफतसम्मको कारबाही हुन्छ।”

१० वर्ष पुरानो एम्बुलेन्स नवीकरण नगर्ने व्यवस्था पनि छ। पाँच वर्ष नवीकरण नभएर नचलेको उक्त एम्बुलेन्सलाई पुनः नवीकरण गरिएको छ। सवारी सञ्चालन हुन सक्छ र कन्डिसनमा छ भने नवीकरण गर्न मिल्ने कार्यालयले जनाएको छ। कार्यालय प्रमुख रेग्मीले भन्नुभयो, “कागजात पुर्‍याएर कर र जरिबाना तिरेर आएपछि नवीकरण गरेका हौँ। एम्बुलेन्स सञ्चालन गर्छौं भनेर अस्पतालले कागजात लिएर आएपछि राजस्वका हिसाबले पनि नवीकरण त गर्नुपर्‍यो।”

निर्देशिका अनुसार दर्ता छैन

राष्ट्रिय एम्बुलेन्स निर्देशिका अनुसार नेपालमा सञ्चालित एम्बुलेन्स स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दर्ता गर्नु पर्छ। सो पार्टीले प्रयोगमा ल्याएको उक्त एम्बुलेन्स मन्त्रालयमा दर्ता गरिएको छैन। स्वास्थ्य मन्त्रालयमा हालसम्म एक हजार एक सय मात्र एम्बुलेन्स दर्ता भएका छन्। मन्त्रालयका अनुसार नेपालमा राजस्व छुट पाएका एम्बुलेन्सको सङ्ख्या दुई हजार छ सय रहेको छ।

पत्रु बनाइएको एम्बुलेन्सको विवरण भन्सार कार्यालयमा बुझाएपछि मात्र अर्को एम्बुलेन्स खरिद गर्न सकिन्छ। आर्थिक ऐन अनुसार राजस्व छुटको सुविधामा पैठारी भएको एम्बुलेन्स र शववाहन १० वर्ष पुरानो भई वा दुर्घटना वा अन्य कुनै कारणले प्रयोग गर्न नसक्ने भएमा सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट त्यसलाई पत्रु गरी दर्ता खारेज गराई सोको प्रमाण भन्सार कार्यालयमा पेस गरेपछि त्यसको सट्टा अर्को ल्याउन पाइने स्पष्ट उल्लेख छ।

एम्बुलेन्स ट्र्याकिङ प्रणाली लुम्बिनीबाहेक अन्य प्रदेशमा लागु भइसकेको छ। उक्त प्रणाली अन्तर्गत एम्बुलेन्स आवश्यकता परेमा सेवाग्राहीले १०२ नम्बरमा फोन गर्नुपर्ने हुन्छ। नेपालमा हाल दुई हजार छ सय एम्बुलेन्स रहेकामा एक हजार चार सय वटा १० वर्ष पुराना छन् तर राजस्व सुविधा लिएर एम्बुलेन्स भित्रिएको १० वर्ष चलाएपछि त्यसलाई सञ्चालन गर्न नपाउने कानुनी व्यवस्था छ।

अस्पतालको तर्क

पुरानो मेडिकल कलेजले त्यही अवैध एम्बुलेन्स राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चितवनमा मोबाइल क्लिनिक सञ्चालन गर्न दिएको हो। कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) निर्देशक प्राडा मनोहर प्रधानले उक्त एम्बुलेन्स पुरानो मेडिकल कलेजले उपलब्ध गराएको तर रास्वपालाई नदिएको जिकिर गर्नुभयो।

उहाँले एम्बुलेन्स रास्वपालाई नभई चितवनका क्षेत्र नं. २ का जनताका लागि दिएको र त्यस क्षेत्रका जनप्रतिनिधिलाई उपलब्ध गराएको तर्क गर्नुभयो। उहाँले एम्बुलेन्स यातायात कार्यालयमा नवीकरण गरी सञ्चालनमा ल्याएको बताउँदै भन्नुभयो, “रङ बदलेर सञ्चालन गर्नु हुँदैन भन्ने भनाइ आएको छ। त्यो मलाई जानकारीमा थिएन। त्यस्तो हो भने कानुन अनुसार एम्बुलेन्स सञ्चालन गर्ने छौँ।”

उहाँले १० वर्ष अवधि नाघिसकेका एम्बुलेन्स सञ्चालन नगरी पत्रु बनाउने कानुनी व्यवस्थाबारे आफूलाई जानकारी नभएको बताउनुभयो। उहाँले शुक्रबारदेखि नै उक्त एम्बुलेन्स सञ्चालन नगर्न निर्देशन दिएको बताउनुभयो। डा. प्रधान रास्वपा पार्टी स्वास्थ्य तथा जनसङ्ख्या विभाग बागमती प्रदेशका संयोजक हुनुहुन्छ। उहाँकै दलगत संलग्नताकै कारण एम्बुलेन्सको राजनीतिक दुरुपयोग भएको हो। गोरखापत्र दैनिकमा खबर छ ।

ना २ च ५६१९ नम्बरको एम्बुलेन्सको दर्ता फाइलमा रहेका कागजातहरु, पूरानो कागजातहरु नभेटिएको जानकारी

Chitwan Aaja चितवन आज
शनिबार, साउन २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा
हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने
विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

ताजा समाचार

सबै

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

मङ्सिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

मधेश सरकारकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु

कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पुनर्जागरण समयको सदुपयोग

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech