काठमाडाैं, साउन १८
गायक पशुपति शर्माको स्वर रहेको नयाँ तीज गीत सार्वजनिक गरिएको छ ।
बिहीवार बिहान उनकै अफिसियल युट्युब च्यानलमार्फत ‘झुक्याउन पाइँदैन्’बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा पशुपति र निशा केसीको स्वर छ । शब्द एवं संगीत पनि पशुपतिकै छ । विनोद बाजुरालीले गीतलाई एरेन्ज गरेका हुन् ।
भिडियोमा पशुपति मोडल अञ्जली अधिकारीका साथ देखिएका छन् । यी दुईको अभिनय एवं नृत्य भिडियोमा हेर्न सकिन्छ ।
यो भिडियोलाई स्मृति तिमिल्सिनाले कोरियोग्राफी एवं निर्देशन गरेकी हुन् ।
दुर्गा पौडेलको छायांकन रहेको भिडियो मनोज कार्कीको सम्पादनपश्चात दर्शकमाझ आएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार