काठमाडाैं, साउन २
नेपाली कांग्रेसमा गत निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध अन्तर्घात गरिएको भन्दै २१ सय उजुरी परेका छन् ।
केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले ४६ जिल्लाबाट २१ सय उजुरी परेको जानकारी केन्द्रीय समितिको बैठकमा गराएका हुन् ।
२१ सय उजुरी परे पनि सबैको छानबिन नसकिएको उनले बताए । विधान अनुसार केहीलाई छानबिन गरी कारवाहीको प्रक्रिया अघि बढाएको पनि उनले बताए ।
पार्टीको रेकर्डबाटै नाम हटाउने गरी ८७ जनालाई कारवाही गरिएको ढुंगानाले जानकारी दिए । निर्वाचनका क्रममा पार्टीका उम्मेदवारलाई सहयोग गनेर्न, हराउन भूमिका खेल्नेमाथि कारवाही गरिएको उनले प्रष्ट्याएका छन् ।










