Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, माघ ११, २०८२
☰
Logo आइतबार, माघ ११, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • ३. कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ४. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ५. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ६. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ७. नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

  • ८. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ९. वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

  • १०. सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

गौर हत्याकाण्ड : दोषीलाई कारबाही गर्न सीडीओलाई ज्ञापनपत्र, अनिश्चितकालीन रौतहट बन्दको घोषणा

काठमाडौं, १ साउन –
गौर हत्याकाण्ड पीडित संघर्ष समितिले दोषीलाई कारबाहीको माग गर्दै अनिश्चितकालीन रौतहट बन्दसहितको आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

घटनापछि जाहेरी दर्ता गरेको १७ वर्षसम्म दोषीउपर कानुनी कारबाही नभएको भन्दै समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै संघर्षका कार्यक्रमबारे पनि जानकारी दिएको छ ।

७ चैत २०६३ मा रौतहटको गौरस्थित राइसमिल चौरमा तत्कालीन नेकप माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमले कार्यक्रम गर्न लाग्दा भएको घटनामा २८ जनाको मृत्यु भएको थियो । सो घटनापछि २८ चैत २०६४ मा रौतहट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको सोमबार १७ वर्ष वितिसक्दा पनि कारबाही प्रक्रिया नथालेको भन्दै समितिले आन्दोलित भएको हो ।

सोमबार समितिले प्रदर्शनसमेत गरेको छ । ‘अमानवीय र विभत्य हत्या गर्ने गौर हत्याकाण्डका हत्यारा अपराधीहरुलाई वर्षों वर्षसम्म पनि अनुसन्धानको दायरामा ल्याई कारवाही नगर्नाले हामी पीडितहरुको आँखा अगाडि नै अपराधिहरु खुलेआम घुमी रहेको देख्नु पर्दा हामीलाई अझ बढी पीडा बोध हुन गएको छ । घटना घटेको अमानवीय र विभत्स हत्याकाण्डका दोषीलाई कानुन बमोजीम अविलम्ब कारबाही गरी हामी पीडितहरुलाई अपराध पीडितको हक प्रचलन गराई न्यायको प्रत्याभूति दिलाउन विनम्र अनुरोध गर्दछौं,’ समिति संयोजक रुपसागर देवीले हस्ताक्षर गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

कारबाही नगरेमा आन्दोलनमा उत्रिने घोषणा गर्दै संघर्षका कार्यक्रमबारे पनि प्रजिअलाई जानकारी गराएका छन् ।

जसअनुसार साउन२–१२ गतेसम्म पलिकाहरूमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया गर्ने, साउन १३ गते शहीद परिवार एवं पीड़तिहरूद्वारा धर्ना दिने, साउन १४ गते मोटरसाइकल ¥याली गर्ने र साउन १५ देखि अनिश्चितकालीन रौतहट बन्द गर्नेछ ।

मितिः २०८०/०४/०१
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू, जिल्ला प्रसाशन कार्यालय गौर, रौतहट
विषयः ज्ञापन पत्र

२०६३ साल चैत्र ७ गते रौतहटको गौर स्थित राइसमिल चौरमा दिउसो १ः४५ बजे तत्कालिन नेकपा माओवादीको मञ्च बनाई सभा गर्न लाग्दा सो कार्यक्रममा उपस्थित नेकपा माओवादी समर्थकहरु निर्दोष एवं निहता नागरिकहरु उपर उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालीन मधेशी जनअधिकार फोरमले ठूलो संख्यामा अफ्नो कार्यकतालाई मानव ढाल बनाइ केही पेशेवर आपराधिक समूहको जत्थाले सुनियोजित रुपमा भिषण एंव अमानवीक अमानुषिक एंव नरसंहारकारी, पाशविक रुपमा गरेको कुरुर आक्रमणवाट २७ जना सर्वसधारणको घटना स्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु र सयौँको संख्यामा निर्दोष नागरिकहरु घाइते भएका थिए ।
भिषण आक्रमणवाट मारिएकाहरु मध्ये अधिकांस स्वचालित बन्दुक हतियारले गोली हानी मारिएको र साथै बाँसको फट्टा, ढुङ्ग÷इट्टाले टाउको र मुखमा थिचेर धारीलो हतियार प्रहार गरेर मारेका थिए । महिलाहरुलाई बाँसको भाटाले सम्वेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी स्तन काटेर छटपटीरहेको अवस्थामा जिउदै आगो लगाएर हत्या गरिएको थियो । घटना स्थलवाट ज्यान बचाउन भाग्दै गरेका निराष नागरिकहरुलाई अपराधिहरुले गौरभन्दा सात आठ किलोमिटर टाढासम्म गौंडा कुरेर तथा लखेटी लखेटी हत्या गरेका थिए । यसलाई गौर हत्याकाण्डको नामले समेत चिनिन्छ ।

उपरोक्त माहोल र पृष्ठभुमिमा तत्कालिन अवस्थामा नेपालमा मात्र नभइ विश्वमानै चर्चामा र शान्ति प्रक्रियामा रहेको नेकपा माओवादीको हत्या गरेमा आफुलाई अझ बढी उत्कृष्ट एंव शाक्तिशाली बन्ने अभिष्ट लालसाको साथ उपेन्द्र यादव नेतृत्वको जत्थाले यस्तो जघन्य अपराध गरेको हो । यो घटना प्रचालित नेपाल कानुन बमोजिम मात्र अपराध नभइ नेपाल पक्ष रहेको टरचर कन्भेन्सन लगायतका अन्य अन्तराष्ट्रिय महासंधी समेतले यस्ता प्रकारको जघन्य अपराधलाई अन्तर्राष्ट्रिय अपराधको रुपमा स्वीकार गरेको अवस्था छ । घटनाको भोलीपल्ट तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, सञ्चार मन्त्रि कृष्णबहादुर महरा र राष्ट्रसंघीय मिसन अनमिनका प्रतिनिधि पनि घटना स्थल पुगी घटनाको निरिक्षण गर्नुभएको थियो । घटनाको वास्तविक तथ्य पतालगाउनको लागी नेपाल सरकारले तत्कालिन पुनरावेदन अदालतका मा. न्यायधिश श्री हरि प्रसाद शर्माको संयोजकत्वमा गठन गरेको छानविन आयोगले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा राष्ट्रिय मानव अधिकार आयोग समेतको प्रतिवेदनले यस घटनालाई राजनैतिक झडप नभइ जघन्य एंव अमानुषिक र अमानवीय अपराध गरेको भनी तथ्यगत बुंदा पुष्टिहुने गरी निष्कर्ष सहितको प्रतिवेदन पेश गर्दा पनि नेपाल सरकारले यस्ता जघन्य अपराधमा संलग्न अपराधिहरुलाई कानुनी दायरामा ल्याई कार्वाही नगरेकोले रौतहट जिल्ला प्रहरी कार्यालयमा मिति २०६४ चैत्र २८ गते जाहेरी दर्ता भएको आज १७ वर्ष वितिसक्दा पनि कार्वाहीको प्रारम्भिक चरणको काम पनि भएको छैन ।

नेपालको संविधानको धारा २१ बमोजिम अपराध पिडितको हक मौलिक हक हो उपधाग (१) अनुसार अपराध पिडितलाई आफु पिडित भएको मुद्धाको अनुसन्धान तथा कार्वाही सम्बन्धी जानकारी पाउने हक हुनेछ र उपधारा (२) अनुसार अपराध पिडितलाई कानुन बमोजीम समाजिक पुनःस्थापना र क्षतिपुर्ति सहितको न्याय पाउने हक समेतको अनुसन्धान उल्लङ्घन भएको छ । न्याय इन्साफ पाउनलाई सम्मानित सर्वोच अदालत प्रक्रियालाई अगाडि बढाउन मात्र परमादेशको माग सहितको निवेदन दर्ता भएको अवस्था रहेको छ ।

तसर्थ अमानवीय र विभत्य हत्या गर्ने गौर हत्याकाण्डका हत्यारा अपराधीहरुलाई वर्षों वर्षसम्म पनि अनुसन्धानको दायरामा ल्याई कारवाही नगर्नाले हामी पिडितहरुको आँखा अगाडि नै अपराधीहरु खुल्याम घुमी रहेको देख्नु पर्दा हामीलाई अझ बढी पिडा बोध हुन गएको छ । घटना घटेको अमानवीय र विभत्प हतयाकाण्डका दोषीलाई कानुन बमोजीम अविलम्ब कार्वाही गरी हामी पिडितहरुलाई अपराध पिडितको हक प्रचलन गराई न्यायको प्रत्याभुति दिलाउन विनम्र अनुरोध गर्दछौ ।

अन्तः गौर हत्याकाण्डका अपराधीहरुलई कवांही नगरेमा हामी पिडितहरु विभिन्न संघर्षका कार्यक्रमहरु अगाडी बढाउने छौ ।

संघर्षका कार्यक्रमहरू :
श्रावण १ गते : सीडीओलाई ज्ञापन पत्र
श्रावण २–१२ गते सम्म पलिकाहरूमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया श्रावण १३ गते ः शहीदपरिवार एवं पीड़तिहरूद्वारा धर्ना
श्रावण १४ गते : मोटरसाइकल ¥याली
श्रावण १५ गतेदेखि अनिश्चितकालीन रौतहट बन्द

बोधार्थ :
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
मानव अधिकार आयोग
सर्वोच्च अदालत

रुपसागर देवी
संयोजक, गौर हत्याकाण्ड पीडित संघर्ष समिति

Chitwan Aaja चितवन आज
सोमबार, साउन ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल
‘जेन्जेड रेड फोर्स नेपाल’ निर्वाचन परिचालन समितिको केन्द्रीय संयोजकमा सुरज परियार चयन

ताजा समाचार

सबै

देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

‘जेन्जेड रेड फोर्स नेपाल’ निर्वाचन परिचालन समितिको केन्द्रीय संयोजकमा सुरज परियार चयन

चितवन ३ मा एमालेका उम्मेद्वार शंकर थपलियाले सार्वजनिक गरे प्रतिवद्धता

दुई हजार एक सय जना एमालेमा प्रवेश

हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात?

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

गगन भन्छन्, आँट गरेर मधेश झरेँ, काठमाडौं ४ मा सजिलै चुनाव जित्थेँ

पाथिभरा मातासँग सिंहदरबार खरानी बनाउनेले के मागे ? जनता जान्न चाहन्छन्

भक्तपुर मेरो माटो हो, यहाँका सपना मेरा सपना हुन्ः महेश बस्नेत

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

माघ १६ गते जनकपुरमा सभा गरेर कांग्रेसले चुनावी अभियान थाल्ने

हरिबोलसहित नेकपाबाट सात जना निष्कासित

आज अन्तरराष्ट्रिय शिक्षा दिवस

निर्वाचन ४० दिन बाँकीःसमानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • ३.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ४.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ५.
    आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ६.
    पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.