काठमाडौं,असार ३१-
वायुसेवा कम्पनीहरूले साउन १ गते (भोलि) बाट लागु हुनेगरी हवाई भाडा ६ प्रतिशत वृद्धि गर्ने भएका छन् ।
सरकारले मूल्य अभिवृद्धि कर लगाएको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गरी भोलिबाट आन्तरिक उडानमा भाडा वृद्धि गर्ने जानकारी दिएको हो ।










