चितवन,३१ असार
पुर्व पश्चिम राजमार्गको टिकौलि जंगलमा तिनवटा सवारी साधन एक आपसमा ठोकिदा एक जना घाइते भएका छन्।
४६ बर्षिय कालिका नगरपालिका वडा नं ६ घ भएका टेकनाथ वाग्ले घाइते भएका हुन्।घाइतेको नयाँ मेडिकल कलेजमा उपचार भईरहेको चितवन प्रहरीका प्रवक्ता बिजय पण्डितले जानकारी दिएका छन्।
पूर्वी चितवनको टाडीबाट भरतपुर तर्फ आउदै गरेको प्रदेश ३–०१–००२ च ७९०१ नं.को कार र सोही स्थनबाटै आएको ना १७ च ६८०० नं.को कार नारायणगढबाट टाडी जादै गरेको लु २ च ७१०६ नं.को स्कार्पियो हाईस ठोक्किएको थियो ।आइतबार विहान १० बजे तीन वटा सवारी साधन ठोक्किदा ना १७ च ६८०० नं.को कार चालक वाग्ले घाइते भएका हुन् ।
तिनै सवारी साधन र दुई जना चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।