३० असार, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिवले पत्नी शोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् ।
आज बिहान बालुवाटर पुगेर नेकपाका महासचिव विप्लवसहित अन्य नेताहरूले प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई समवेदना प्रकट गरेका हुन् ।
भेटका क्रममा विप्लव सहितका नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित छोरी रेणु र गंगालाई समवेदना व्यक्त गरेका थिए ।
प्रधानमन्त्री पत्नी सीता दाहालको उपचारको क्रममा थापाथली स्थित नर्भिक अस्पतालमा निधन भएको थियो थियो ।










