Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, पुष ०१, २०८२
☰
Logo मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

  • ३. बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४. आज मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ६. एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

  • ७. चितवनको पर्साढापमा युवाद्वारा सरसफाइ अभियान

  • ८. रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

  • ९. चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा ‘एनेमिया भाइरस’

  • १०. एनपीएल : उत्कृष्ट खेलाडी बन्दै रोहितले पाए कार

‘बगान’ हेर्दा रसाए एकल आमाको आँखा

काठमाडौं, ३० असार
शुक्रबारदेखि प्रदर्शन सुरु भएको नेपाली फिल्म ‘बगान’ हेर्न एकल आमा हलसम्म आएका छन् । पहिलो दिन अन्य दर्शकको तुलनामा एकल आमा र महिलाको उपस्थिति हलमा धेरै देखियो । उनीहरुले फिल्म हेरेपछि आफ्नै जीवनलाई पर्दामा देखेको प्रतिक्रिया दिए । निर्माण समुहका तर्फबाट गीतकार तथा निर्माता सुरेश वाग्ले, निर्देशक तथा कलाकार सरोज खनाल, अभिनेत्रीद्वय करिश्मा मानन्धर र प्रमिला कार्की उपत्यकाका विभिन्न हलमा पुगेका थिए ।

कतिपय स्थानमा दर्शकलाई फकाउन उनीहरूलाई हम्मेहम्मे पर्यो । राइजिङ मलमा रहेको क्युज सिनेमाजमा फिल्म हेरेर निस्किदै गरेकी एकल आमा विमला पराजुलीले पर्दामा आफ्नो जीवनलाई देखेको बताइन् । उनले भनिन्,‘यो हाम्रै कथा रहेछ । यस्तै भोगाई धेरैको छ । यसले दिएको संदेश समाजसँगै परिवारका सदस्यले ग्रहण गर्न सके परिवर्तन सम्भव छ ।’

अधिकांश एकल आमाले समाजमा फिल्म देखिएको जस्तो पात्र आवश्यक रहेको प्रतिक्रिया दिएका थिए । फिल्म हेर्दा हेर्दा रोइरहेका दर्शकले आफ्नै अगाडि चलचित्रका कलाकारहरू देख्दा देखिएको दृश्य अकल्पनीय थियो । अभिनेत्री मानन्धरको अँगालोमा रुने महिलाहरु एकातर्फ थिए भने अभिनेता तथा निर्देशक खनालसँग पुरुष भनेको तपाईंजस्तै हुनुपर्छ भन्दै भक्कानिएका अर्कोतर्फ थिए । उनीहरुले आफ्नै कथामा चलचित्र बनाएको धन्यवाद व्यक्त गरे भने एकल आमाले हुर्काएका छोराछोरीले आफ्नो जिम्मेवारी बोध गराईदिएको बताए ।

विधवा आमाको खुशी जीवनको लागि आमाको विवाह गराउने छोरीको भूमिकामा रहेकी अभिनेत्री कार्कीलाई पनि आमाहरु र छोरीहरूले स्याबासी दिएका थिए । डेब्यू नायिका कार्कीको अभिनयलाई लिएर दर्शकले प्रशंसा गरेका छन् । पहिलोपटक चलचित्रमा देखेको भए पनि उनको अभिनय नयाँ नलागेको बताउँदै छिट्टै अर्को फिल्ममा हेर्न चाहेको प्रतिक्रियाबाट कार्की दंग थिइन् ।

दर्शकसँग साक्षात्कर गर्न भक्तपुरको भाटभटेनीमा रहेको क्युएफएक्स सिनेमा, दरबारमार्गको राईजिङ मलमा रहेको क्युज सिनेमा र पुल्चोकको लबिम मलमा रहेको क्युएफएक्स सिनेमाज र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा कलाकारहरू पुगेका थिए ।

अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

निर्देशक खनालले प्रिमियर झैँ दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदा खुशी व्यक्त गरे । उनले भने,‘यसको प्रभावले केहि जीवनलाई पनि स्वतन्त्र बनायो भने हामी सफल हुन्छौं । हलसम्म आउनुभएको परिवारका सम्पूर्ण सदस्यले एकल आमाको खुशीको बारेमा सोच्नु हुनेछ । उहाँहरुको धन्यवाद र आशिर्वाद हाम्रो लागि ठुलो सफलता हो ।’

स्वप्निल नीरवको कथामा आधारित फिल्म नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । यसका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।

‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ । ‘बगान’ देशभरका १०० भन्दा बढि हलमा १५० भन्दा बढि शो सङ्ख्या सहित चलिरहेको वितरक करण श्रेष्ठले जानकारी दिए । उनले भने,‘वर्षातका बाबजुद पहिलो दिनको व्यापार राम्रो छ । हलसम्म आउनु भएका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ । यसको व्यापार बढ्नेमा दुईमत छैन । स-परिवार हेर्न आउने क्रम बढेको छ ।’

Chitwan Aaja चितवन आज
शनिबार, असार ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एमालेको मतदानमा ढिलाइ- विद्युतीय मेसिनमा नाम इन्ट्री गर्नै ४-५ घण्टा लाग्ने
सभापति देउवा र नेता कोइरालाबीच भेट
स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी

ताजा समाचार

सबै

एमालेको मतदानमा ढिलाइ- विद्युतीय मेसिनमा नाम इन्ट्री गर्नै ४-५ घण्टा लाग्ने

सभापति देउवा र नेता कोइरालाबीच भेट

स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी

अपाङ्गमैत्री छैनन् स्थानीय सरकार

बिलबिजक नभएको सामानसहित पक्राउ

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते

उमेर हदले अनेरास्ववियुबाट बिदा भएका नरेश रोकाया बने एमाले केन्द्रीय सदस्य

मकवानपुरमा रुखबाट लडेर युवकको मृत्यु

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी

औचित्य पुष्टि हुनेगरी काम गर्न प्रतिष्ठानलाई प्रधानमन्त्री कार्कीको निर्देशन

हालसम्मकै उच्च रेकर्ड बनाएको सुनको मूल्य मंगलबार घट्यो , कतिमा हुदैँछ कारोबार ?

एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

  • ३.
    बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४.
    आज मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ६.
    एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech