काठमाडौं, असार २२
नेपालमा सवारी दुर्घटनाबाट तीन महिनाको अवधीमा ५८१ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीले आज सार्वजनिक गरेको तीन महिने कार्यप्रगतिमा उल्लिखित विवरणअनुसार तीन महिनाको अवधीमा ५८१ जनाको मृत्यु सवारी दुर्घटनाबाट भएको हो ।
प्रहरीको रेकर्डमा चैत्र १५ गतेदेखि असार १५ सम्म ६ हजार ४२० सवारी दुर्घटनाका घटनाहरू दर्ज भएका छन्।
जसमा तीन महिनामै ५८१ जनाले ज्यान गुमाएको र १ हजार ६२७ जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार










