काठमाडाैं असार २१,
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बुधवार स्थगित भएको राष्ट्रियसभा बैठक आज बस्दैछ ।
बुधवार अपराह्न २ः३१ बजे बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।
एमाले सांसदको अवरोधपछि बैठक अपराह्न ३ः०१ बजे बस्ने गरी स्थगित भएको थियो । निर्धारित समयमा बैठक बस्न नसकेपछि संघीय संसद् सचिवालयले पुनः ४ः४६ बजे बैठक बस्ने सूचना जारी गरेको थियो ।
तोकिएको समयमा बैठक बस्न नसकेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीवार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरेका सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार









