काठमाडाैं असार १९,
सोमवार रातिदेखि परेको अविरल वर्षासँगै विभिन्न ठाउँमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग मंगलवार बिहानैदेखि अवरुद्ध भएको छ ।
जथाभावी सडक स्तरोन्नति गर्दा फालेको गेग्रान र लेदो बगेर माथागढी गाउँपालिका–१ चिदीपानी धैरेनीमा लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।
वर्षाका कारण गेग्रान सहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए । पहिरो र लेदो पन्छाउन पानी परिरहेकाले मुस्किल परेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
आर्यभन्ज्याङ–राम्दी सडकको बगनासकाली गाउँपालिका–४ सेरामा पनि माथिल्लो भागबाट गेग्रान र लेदो झरेको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार









