काठमाडौं, ७ असार
काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहले संघ सरकार र अदालतलाई भारतको ‘गुलाम’ भएको टिप्पणी गरेका छन् । देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा आफू कानुन र अदालतको आदेश मान्ने पक्षमा नरहेको बताएका छन् ।
“जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ । म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ,” बालेन सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो । अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु । तर, फिल्म चल्दैन र चल्न दिइने छैन ।”









