Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख ११, २०८३
☰
Logo शुक्रबार, बैशाख ११, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २. चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

  • ३. चितवनका प्रहरी सहायक हवल्दार पवन गिरी ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित

  • ४. आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

  • ५. कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

  • ६. गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण ५० प्रतिशत पूरा

  • ७. कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

  • ८. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ९. बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • १०. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

आँरुखर्कवासीको बिलौना : सरकार फेरियो तर समस्या फेरिएन

सुर्खेत असार ५
सुर्खेतको चिङ्गाड गाउँपालिकाको धरमपोखरा नजिकै एउटा गाउँ छ, आँरुखर्क । हरियाली डाँडापाँखाले घेरेको त्यो गाउँमा घरहरू व्यवस्थित छन्। स्थानीयहरूको दैनिकी गुजारा सामान्य खालको छ ।उनीहरू एकाबिहानै हातमुख नधोएरै लस्करै लागेर बृद्धबृद्धादेखि युवा र बालबालिका करिब दुई घण्टा हिँडेर एक गाउँबाट अर्को गाउँमा पानीको जोहो गर्न जान्छन् । मिर्मिरेमै उनीहरू जङ्गलको बाटो उकाली–ओराली गर्दै पिउने पानीको व्यवस्था गर्न बाध्य छन् ।

आरुखर्क गाउँमा विभिन्न जातिका मानिसको बसोवास छ । त्यहाँ जान बित्तिकै रमाइलो गाउँ, मनोरम जङ्गल देख्न सकिन्छ । चिङ्गाड गाउँपालिका वडा नम्बर ५ स्थित आँरुखर्कका गाउँवासी हरेकले आफ्नो घरमा पानी बोक्न एउटा जर्किन, बोतल, स्टिलको गाग्री र डोको राखेका हुन्छन् । केही दिन अघि समाचारको लागि हाम्रो टिम एकाबिहानै उक्त गाउँ पुगेको थियो । गाउँमा पुग्दा घरमा मान्छेहरु थिएनन् । सबै मानिस पानी ल्याउन घरदेखि टाढाको धारामा पुगेका थिए । हाम्रो रिपोर्टिङमा पुगेको टिम स्थानीय केही व्यक्तिले दिएको सूचनाअनुसार करिब २ घण्टा पैदलयात्राको बाटो छिचोल्दै पानी भर्ने ठाउँमा पुग्यो । उक्त भिडमा स–साना विद्यार्थीदेखि बुढेसकाल लागेका बृद्धबृद्धाहरुको समेत बाक्लो उपस्थिति थियो ।

भिडबाट एक महिलाको आवाज आयो, ‘ढाँडको छाला गइसके, खुट्टामा फोका उठेका छन् ।’ फेरि अर्को आवाज आयो, ‘यस्तो त अहिलेदेखि होइन विगतदेखि नै यस्तै हो ।’ सयौं डोका, बोतल, गाग्री र त्यत्तिकै मान्छेको भिड सबै त्यहाँ पानी ल्याउन गएका थिए । गाउँभन्दा धेरै टाढा डोप्केबाट बोकेर पानी ल्याउनुपर्ने हुँदा उनीहरू बिहानै घरबाट लाइन लागेर धारामा पुग्दा रहेछन ।

दुई घण्टा हिँडेर धारामा आएपनि त्यहाँ उनीहरूले पालो कुर्नुपर्छ । प्रशस्तै पानी पनि पाउँदैनन् । गाउँभन्दा करिब दुई घण्टा हिँडेर पल्लो गाउँमा पानी लिन जानु उनीहरूको दैनिकी नै बनेको छ । ‘बिहानै उठेर पानी भर्न जानुपर्छ, आउन–जान २ घण्टाभन्दा बढी समय लाग्ने हुँदा काममा र स्कुल जाने छोराछोरीलाई सधैँ ढिला हुन्छ,’ ५५ वर्षकी धनकुमारी रानाले भनिन् । अर्का एक महिलाले पनि एक बाल्टिन पानी लिन मात्रै बिहान भरी लाग्ने दुखेसो सुनाइन् । ‘पानी लिनै बिहानभरी लाग्छ, कति बेला खाना पकाउने, खाने रु पानी लिन मात्रै दिनमा तीनपटक आउनुपर्छ,’ उनले भनिन् । यस्तै सोही ठाउँकी देवी रानाले पनि राति ११ बजेसम्म पानी मात्रै बोक्नु परेको बाध्यता रहेको सुनाइन् ।

‘राति निद्रा समेत लाग्दैन राति ११ बजेसम्म पानी बोक्छौ, फेरि बिहान २ बजेबाट पानी बोक्नलाई गाग्रा बाल्टिन समातेर जङ्गलको बाटो करिब दुईघण्टा जति हिँडेर आउँछौँ, ’रानाले भनिन् । यस्तै, ७८ वर्षका टोपबहादुर रानाले भने, ‘गाउँमै खानेपानीको ट्याँकी त बनेको छ, तर त्यसमा पानी आउँदैन, काम अलपत्रै परेको छ, सरकार त फेरियो तर समस्या फेरिएन ।’ उनले जतिसक्दो पानी पुर्‍याउने पहल गर्नुपर्ने माग गरे । ‘मान्छेले खानको लागि त टाढैको मुहानबाट भए पनि जसोतसो काम चलिरहेका छौ, तर गाई भैँसीलाई खुवाउन र मान्छेको सरसफाइ गर्न भने निकै समस्या भएको छ,’ ७८ वर्षका टेकबहादुर रानाले भने । रानाले विगतदेखि नै यसरी पानी बोकेर गाउँलेहरुले जीवन धान्दै आएको बताए ।

स्वच्छ खानेपानी नागरिकको संवैधानिक अधिकार हो । नेपालको संविधान, २०७२ मा मौलिक हकअन्तर्गत धारा ३५ को उपधारा ४ मा लेखिएको ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ’ भन्ने कुरा संविधानमा नै सीमित भएको छ । घरघरमा धारा पुर्याईएपनि पानी नआउँदा उनीहरूलाई निकै समस्या भएको हो ।

३१ लाख गयो, तर काम पूरा भएन

आरुखर्क, सिन्नुपोले, डोप्के र धरमपोखरा समेतका करिब एकसय घरधुरीलाई लक्षित गरी निर्माण सुरु गरिएको खानेपानी आयोजना भने बिचैमा रोकिएको छ । कर्णाली प्रदेश सरकारअन्तर्गतको खानेपानी, सिँचाई तथा विकास निर्देशनालयबाट आर्थिक वर्ष २०७६/०७७ देखि क्रमागत योजनाका रूपमा डोप्का सिस्नुपोले आरुखर्क लिफ्ट खानेपानी आयोजना सुरु भएको थियो ।

त्यसपछिका तीन आर्थिक वर्षमा आएको रकमबाट आयोजनाको मुहानको ट्याङ्की, पावर हाउस, रिजर्भवायर ट्याङ्की, मुख्य पाइपलाइन लगायतका करिब सम्पूर्ण भौतिक निर्माणका काम सकिएको छ । अब सोलार सिस्टम र मोटर जडान गरेपछि पानी आउन सुरु हुन्छ । तर सरकारले गत आर्थिक वर्ष र यस चालु आर्थिक वर्षमासमेत उक्त आयोजनाका लागि रकम विनियोजन नगरिदिदा आयोजनाको काम बिचैमा रोकिएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको क्रमागत बजेटमा निर्माण सुरु भएको खानेपानी आयोजना दुई आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको वडा नम्बर ५ का वडा अध्यक्ष लालबहादुर जिसीले बताए । उनले प्रदेश सरकारको बजेटबाट सुरु भएको आयोजनामा आफूले हात हाल्न नमिल्ने र वडाको बजेटसमेत अपुग भएकाले उक्त आयोजना बिचमै अलपत्र परेको बताए ।

खानेपानीको चरम समस्या व्यहोरिरहेका आँरुखर्कमा निर्माणाधीन खानेपानी आयोजनाका लागि बजेट अभावकै कारण आयोजनाको काम रोकिएकोमा स्थानीयवासीले आक्रोशित छन् । उनीहरूले पानी आउँला भनेर श्रमदान समेत गरेको बताए। अन्तिम समयमा आएर आयोजना नै अलपत्र पर्नु दुखद भएको उनीहरूको गुनासो छ। निर्माण बिचमै अलपत्र परेपछि यहाँका स्थानीयले राम्रो खानेपानी उपभोग गर्न पाएका छैनन् ।

अध्यक्ष जिसीले आयोजना सम्पन्न हुने अन्तिम चरणमा बजेटको अभाव हुँदा खानेपानीको समस्या समाधान गर्न नसकेको स्वीकार गरे । उनले खानेपानी जस्तो संवेदनशील क्षेत्रमा सरकारले बजेट उपलब्ध गराउन बेवास्ता गरेको भन्दै तत्काल रकम उपलब्ध भए उक्त लिप्टिङ खानेपानी आयोजना सम्पन्न हुने बताए ।

यता, खानेपानी, सिँचाई तथा विकास निर्देशनालयले बजेट माग गरी पठाइएको तर मन्त्रालयबाट कटौती हुँदा काम गर्न नसकेको खानेपानी, सिँचाई तथा विकास निर्देशनालयका निमित्त निर्देशक श्रीधर भट्टराईले बताए । उनले आगामी आर्थिक वर्षमा सकेसम्म यसका लागि बजेट विनियोजन गरिने जानकारी दिए । निर्देशनालयका इन्जिनियर गोपालप्रसाद उपाध्यायले उक्त आयोजनाको लागि चारपटक गरी ३१ लाख भन्दा बढी भुक्तानी भइसकेको जानकारी दिए। उनले आर्थिक वर्ष २०७६/ ०७७ मा ११ लाख ६ हजार १ सय १२ रुपैयाँ, ०७७/०७८ मा ९ लाख ९ हजार ६ सय ४९, सोही आर्थिक वर्षमा ३ लाख ३५ हजार ६ सय ९० रुपैयाँ र ०७८/ ०७९ मा ७ लाख ५९ हजार ३ सय ६३ रुपैयाँ गरेर कुल ३१ लाख १० हजार ८ सय १४ रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिए ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सुकुमबासी बस्ती हटाउने विषयमा बोले प्रधानमन्त्री बालेन
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
सुक्खाले बढायो डढेलो र प्रदूषण

ताजा समाचार

सबै

सुकुमबासी बस्ती हटाउने विषयमा बोले प्रधानमन्त्री बालेन

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

सुक्खाले बढायो डढेलो र प्रदूषण

चितवनमा लगाइएको चैते धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या

पत्रकार आचारसंहिता उल्लङ्घन र मिथ्या सामग्रीप्रति काउन्सिलको चेतावनी

१७ जना डाक्टरको दर्ता खारेज

महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित

अध्यक्ष साम्पाङ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा

बालेन सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा छैन : महेश बस्नेत

सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

मालपोत कार्यालय भक्तपुरबाट ११ जना बिचौलिया पक्राउ

सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

सहकारी पीडितको रकम फिर्ता दिलाउन मन्त्रालय सक्रिय

बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २.
    चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

  • ३.
    चितवनका प्रहरी सहायक हवल्दार पवन गिरी ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित

  • ४.
    आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

  • ५.
    कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

  • ६.
    गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण ५० प्रतिशत पूरा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.