काठमाडौं असार ३,
स्याङजाको अर्जुनचौपारी गाउँपालिका–६, सिंउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटालाई हँसिया प्रहार गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) रहेको छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सुजनले हँसिया प्रहार गरी हर्षितको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले घटना पश्चात फरार रहेका सुजनलाई पुतलीबजार नगरपालिका–१ बाट फेला पारी पक्राउ गरेको बताइएको छ ।









