काठमाडौं जेठ २८,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आइतबार मध्याह्न गोली चलेको छ ।
लागुऔषध कारोबारीको टोलीलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
कडायतले भने, “लागुऔषध कारोबार गर्ने टोलीलाई नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि हातपात भएपछि गोली चलेको हो ।”
लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कारोबार गर्ने ५/६ जनाको टोलीलाई नियन्त्रण गर्न खोज्दा घटना भएको बताइएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार









