इलाम जेठ १९
७० वर्षीय बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलामको माई नगरपालिका २ चेप्टीका ३२ वर्षीय दीपक कुमाल रहेका छन् । उनलाई शुक्रवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दीपकले यही जेठ ८ गते अंशवण्डाको विषयमा विवाद हुँदा बुबा लोकबहादुर कुमाललाई कुटपिट गरी घाइते बनाएका थिए । उनको उपचारको क्रममा बिर्तासिटी अस्पतालमा शुक्रवार बिहान मृत्यु भएको थियो ।
लोकबहादुरको मृत्युको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले दीपकलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार









