काठमाडौं जेठ १९
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का उच्च अधिकारी सवार एउटा गाडी शुक्रबार सुनकोसी नदीमा खसेको छ । उक्त गाडीमा सीटीईभीटीका सहसचिवलगायत सवार रहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
शुक्रबार दिउँसो करिब पौने १ बजेतिर गाडी नदीमा खसेको हो । प्रहरीका अनुसार गाडीका चालक पौडिएर खोलाबाहिर निस्किएका छन् । गाडीमा सवार अरू व्यक्तिको अवस्था अज्ञात छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।









