काठमाडौं जेठ १९
बागमती प्रदेशसभा बैठक आज बिहान साढे १० बजे बस्दैछ ।
बिहीवारको बैठक स्थगित गर्दै सभामुख भुवनकुमार पाठकले प्रदेशसभा अर्को बैठक शुक्रवार बिहान बस्ने जानकारी दिए ।
शुक्रवारको बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गरिने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रदेश सभाको बिहीवार बसेको पहिलो र दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल भएको थियो । बैठकमा सत्तापक्ष र प्रतिपक्ष गरी ३५ जना प्रदेश सभाका सदस्यले प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भएका विभिन्न कार्यक्रमलाई परिमार्जन गरी आत्मनिर्भर बनाउने खालको योजनालाई उच्च प्राथमिकता दिन आग्रह गरेका थिए ।









