काठमाडौं बैशाख ११
तनहुँ क्षेत्र नम्बर १ मा ३६ वडाको मतगणना सम्पन्न भएको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार ३६ वटा वडाको ५१ हजार २१९ मतगणना भएको हो ।
गणना भएको मतमध्ये रास्वपा उमेदवार स्वर्णिम वाग्लेले २७ हजार ९८८ मत पाएका छन् ।
यस्तै, दोस्रो स्थानमा रहेका कांग्रेस उमेदवार गोविन्द भट्टराईले १५ हजार ९७९ मत पाउँदा एमाले उमेदवार सर्वेन्द्र खनालले सात हजार ३७९ मत पाएका छन् ।
यहाँ वाग्ले र भट्टराईको मतान्तर १२ हजार ९ छ । ६ वटा वडाको १२ हजार ५३८ मत अब गणना हुन बाँकी छ ।










