Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, बैशाख ०८, २०८३
☰
Logo मङ्गलबार, बैशाख ०८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

लोकप्रिय समाचार

  • १. भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २. “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३. चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४. शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५. बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

  • ६. मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

  • ७. ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

  • ८. राहदानीमा गैरकानुनी टिप्पणी लेख्ने अध्यागमनका कर्मचारीमाथि छानबिन सुरू

  • ९. चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

  • १०. दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

रहस्यमै छ कपनकी भाँडा व्यवसायी नीरा हत्या प्रकरण

काठमाडौँ,बैशाख ११-
काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते मध्याह्नको समयमा एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्या प्रकरण आज पाँच दिन पुग्दा पनि रहस्यमै छ ।

घटनाका दोषीको अझै पहिचान हुन सकेको छैन । अपराह्न २ देखि ३ बजेभित्रको समयमा पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको गुहार माग्न पनि नपाई हत्या भएको छ । चक्कुले शरीरका दर्जनौँ ठाउँमा छियाछिया हुने गरी घोचेर हत्या गरिएको पाशविक घटनाले छिमेकहरु अझै तर्सिन्छन् । घटनास्थलमा नीरालाई देख्ने छिमेकीहरु दृश्य सम्झँदा पनि आङ नै जिरिङ्ग हुने बताउँछन् ।

दोषी पत्ता नलाग्दा स्थानीयवासी आक्रोशित हुन थालेका छन् । यता प्रहरीले सबै कोणबाट अनुसन्धान जारी रहेको बताइरहँदा पनि अपराधको साँघुरो घेरातर्फ अझै जान सकेको देखिँदैन ।

बागलुङ घर भएकी नीरा त्यहाँ झन्डै दशकदेखि भाडामा भाँडा पसल गर्दै आएकी थिइन् । पसल उनको कोठाभन्दा केही मिनेटको दूरीमा छ । त्यही कोठा भएको घरमा श्रीमान् योगेशको इलेक्ट्रिोनिक्स पसल छ र त्यस दिन योगेश पनि इलेक्ट्रिोनिक्स पसलमै हुन्थे ।

दुवैजना आ–आफ्नै व्यवसायमा हाँसीखुसी नै थिए । तर वैशाख ७ गते योगेशका लागि साढे सात बनेर आयो । एक छोरीकी आमा नीरालाई चक्कुले घोचेर हत्या गरिँदा उक्त घटनाबारे न छिमेकले सुइँको पाए, न श्रीमान् योगेशले ।

अहिले त प्रहरीलाई समेत घटनाको सत्यतथ्य पत्ता लगाउन हम्मेहम्मे परिरहेको छ । “केस अलि लटिल नै छ, तर हामी दोषी पत्ता लगाउँछौँ”, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले भने, “अहिले नै घटना यसै हो भनेर अनुमान गर्न सकिने देखिँदैन ।” उनले हरेक कोणबाट अनुसन्धान गरिरहेको र त्यसको घेरालाई ‘न्यारो डाउन’ गर्दै ल्याइएको जिकिर गरे ।

प्रहरीका अनुसार घटना साढे २ पछि ३ बजेअघि नै भएको हो । पसलमा उधारो तिर्न आएका व्यक्तिले खबर गरेपछि मात्रै घटनाबारे प्रहरीमा खबर पुगेको थियो । प्रहरी पुग्दा नीरा गम्भीर अवस्थामा थिइन्। महाराजगञ्जस्थित शिक्षण अस्पताल पु-याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । पाँच दिन बित्दासमेत घटनाका दोषी पहिचान गर्न नसकेपछि स्थानीयवासी प्रभावित भएका छन् । आइतबार उनीहरुले घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषी पक्राउ गर्न भन्दै घटनास्थलमा प्रदर्शनसमेत गरे ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक, रवीन्द्र रेग्मीको नेतृत्वमा त्यहाँका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीसहितको टोली र जिल्ला प्रहरी परिसरले बौद्धका प्रहरी नायब उपरीक्षक हरि बस्नेतको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ । तर अनुसन्धानमा खटिएका अधिकृतहरु भने अहिलेसम्म यही कारण हो भनेर यकिन गर्न सकिरहेका छैनन् ।

भाँडा पसलमा सिसी क्यामरासमेत नभएको र सडकका क्यामेराले नभेटेको प्रहरीले बताएको छ । प्रहरीले आसपास क्षेत्रमा रहेका सिसी क्यामेराका फुटेजबाट समेत अनुसन्धान गरिरहेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली घटनाका विषयमा गहिरो अनुसन्धान जारी रहेको र अहिलेसम्म सम्भावित आशङ्का र सम्भावनाहरुमाथि अनुसन्धान जारी रहेको बताउँछन् । उनले कर्तव्य ज्यान अन्य आर्थिक अपराध जस्तो नहुने उल्लेख गर्दै अहिले यही कारण हो भन्न नसकिने बताए ।

यसरी भएको थियो घटना

त्यस दिन नीरा पसलमा एक्लै थिइन्। भाँडा पसलको पछाडि अलि भित्र काउन्टर छ । प्रायः पसलमा ग्राहक नआएका बेला उनी त्यतै बस्थिन् । यही बेला नै एकान्तको छेको पारेर उनीमाथि आक्रमण भएको थियो । पसलको अघिल्लो भागमा छिमेकीले देख्ने भएकाले भित्र गएका बेला पारेर नै आक्रमण भएको प्रहरीको अनुमान छ । काउन्टर पछाडि भएकाले वरपरसमेत घटनाबारे थाहा हुन सकेन । दर्दनाक हत्याको कसैले सुइँको समेत पाएनन् ।

प्रहरीका अनुसार त्यस समय एकजना चिनजानकै महिला भाँडा किनेको उधारो तिर्न भाँडा पसलमा आएका थिए । पसलमा नीरालाई देख्नुभएन । त्यसपछि उनका श्रीमान्लाई फोन गरेर कोही छैन दोकानमा भनेर साेधे। श्रीमान्ले पछाडि काउन्टर छ, त्यतैतिर होलिन् भित्र गएर हेर्नु न भन्ने जवाफ दिए । भित्र काउन्टर नजिक गएर हेर्दा एउटा बोरा देखियो । अलि नजिक गएर हेर्दा रक्ताम्मे अवस्थामा नीरा ढलिरहेकी देखेपछि अत्तालिएर उहाँले नै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार नीराको शरीरमा धारिलो हतियार (चक्कु)ले विभिन्न ठाउँमा घोचेको, ठाउँठाउँमा छियाछिया हुने गरी काटेको, हातमा कोपिएको पनि छ । उनले प्रतिकार गर्न खोजेकोसमेत देखिएको अनुसन्धानमा खटिएका प्रहरी बताउँछन् ।

यसअघिका चक्कु प्रहार भएका घटनामा सिधै घाँटीमा हान्ने, वा अन्य संवेदनशील अङ्गमा पुग्ने गरी धारिलो हतियार प्रहार भएका पाइएका थिए । तर नीराको हत्या फरक प्रकृतिले गरिएको प्रहरी नै बताउँछन् । ठाउँठाउँमा चक्कु हानेर तड्पाएर हत्या गरिएको जस्तो देखिएको छ । रगत बढी आउने ठाउँ खोजेर चक्कु हानिएको छ ।

नीराले घटना हुने केही घण्टा अघि आफ्नो पसलमा लामखुट्टे धपाउने ब्याट आएको प्रचार गर्न बनाएको भिडियो हेर्दा पारिवारिक समस्या भए जस्तो नदेखिने अनुसन्धान अधिकृतहरु बताउँछन् । प्रहरी स्रोतले व्यावसायिक रुपमा अपराध गर्नेहरुबाटै घटना भएको अनुमान गरेको छ । आफ्नै व्यवसायमा तल्लीन नीरालाई केही घण्टामै आफ्नो जीवन समाप्त हुँदैछ भन्ने के थाहा । त्यस दिन ठीक ११ः२१ बजेको समयमा नीराले फेसबुकमा ‘लामखुट्टे तथा किरा धपाउने ब्याट चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला’ शीर्षक राखेर टिकटकको भिडियो राखेकी थिइन् ।

भिडियोमा भनिएको छ, “के तपाइँहरु लामखुट्टेको टोकाइबाट ग्रसित हुनुभएको छ ? अब नआत्तिनोस्, हामीहरुले ल्याएका छौँ लामखुट्टे मार्ने इलेक्ट्रिक ब्याट, यो सरल र सहज तरिकाबाट प्रयोग गर्न सकिन्छ, एकदम सस्तो मूल्यमा पनि पाइन्छ, यसबाट बच्नका लागि हजुरहरुले छिट्टै अर्डर दिनुहोस् र लामखुट्टेबाट बच्नुहोस् र डेङ्गु रोग लाग्नबाट बच्नुहोस्, धन्यवाद ।”

विडम्बना उनको रोगबाट बच्न दिएको सार्वजनिक सन्देश नै अन्तिम हुन पुगेको छ ।

Chitwan Aaja चितवन आज
सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन
रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट पेस
भरतपुरमा विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

ताजा समाचार

सबै

स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन

रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट पेस

भरतपुरमा विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

कञ्चनपुरमा बिहेमा गएका युवकको हत्या, दुई जना पक्राउ

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ: सांसद शाही

पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

अक्षय तृतीयाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

कर्णाली नदीमा बेपत्ता बुवा–छोराको शव भेटियो

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

असिनाले ७४ सवारीसाधनमा क्षति

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले पायो पूर्णता

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २.
    “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३.
    चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४.
    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५.
    बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

  • ६.
    मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.