काठमाडाैं बैशाख ११
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले यो देश अब युवाले हाँक्ने बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै लामिछानेले अब यो देश युवाले हाँक्ने बताएका हुन् ।
दशकौंसम्म नागरिकको अवस्था नसुध्रिको भन्दै उनले असक्ष राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति दिलाउनुपर्ने पनि बताएका छन् ।
‘यो देशलाई यो बिन्दुसम्म ल्याउन कयौंले जीवनको आहूति दिएका छन् । वैशाख ११ को लोकतन्त्र दिवस मनाइरहँदा कहिलेकाहीँ सोच्छु— ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन ?’ प्रश्न गर्दै रविले भनेका छन्, ‘अहिलेको देश देख्दा लाग्छ— हामी दशकौं पहिले जहाँ थियौं, अहिले पनि त्यहीँ छौं । व्यवस्था त सुध्रियो, नागरिकको अवस्था सुध्रिएन । यो लोकतन्त्र दिवसले ती तमाम अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् । यो देश अब युवाले हाँक्छन् ।’










