काठमाडाैं बैशाख १०
प्रतिनिधिसभामा रिक्त प्रत्यक्षतर्फका ३ सीट पदपूर्तिका लागि चितवन, बारा र तनहुँमा उपनिर्वाचन जारी छ ।
निर्वाचन आयोगका अनुसार अपराह्नसम्ममा समग्रमा ५० प्रतिशतभन्दा बढी मतदान भएको छ ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार चितवन- २ मा चितवनमा ६७ हजार ८७० मत खसेको छ । यो समग्रको करीब ५५ प्रतिशत हो ।
यसैगरी बारा- २ मा ५० प्रतिशतभन्दा बढी मत खसेको उनले बताए । मतदानका लागि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।
तनहुँ- १मा केही समयअघि ४५ प्रतिशतभन्दा बढी मतदान भइसकेको जनाइए पनि पछिल्लो विवरण भने आइसकेको छैन ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार










