भरतपुर – भरतपुरमा ३ दिने कर सम्बन्धि तालिम शुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २१ को आयोजनामा कर सम्बन्धि ३ दिने तालिम शुरु भएको हो ।तालिमको (आइतबार) महानगरका उपप्रमुख चित्रसेन अधिकारीले उद्वघाटन गरेका हुन् । तालिम उद्वघाटन गर्दै उपप्रमुख अधिकारीले कर तिर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गरे ।
कर तिर्नु कसैका लागि बाध्यता नभई बिकास निर्माणका लागि भएको भन्दै उपप्रमुख अधिकारीले आफुले तिरेको कर आफ्नै लागि हो भन्ने बुझ्न् पनि सबैमा आग्रह गरे । महानगरले हाल २९ वटै वडामा कर अभियान चलाइरहेको बताउदै उनले अब कोही पनि करको दायराबाट बाहिर रहन नपाउने समेत प्रष्ट पारे ।
महानगरपालिका कर मात्रै संकलन गर्दैन, उठेको करलाई विकास निर्माणमा लगाउन पनि उत्तिकै लाग्ने छ । हामी उठेको करलाई जनताकै सेवामा खर्च गर्ने प्रतिबद्धता गर्द्छौ उप प्रमुखले भने, आन्तरिक राजश्व अभिवृद्धि गरी विकास निर्माणलाई तीव्रता दिने गरि महानगर कर सकलनमा जुटेको पनि उनको टिप्पणी छ। महानगर सुशासन, पारदर्शिता र जबाफदेहितालाई आत्मसात गर्दै अगाडि बढीरहेको समेत बताइन् ।
वडा न २१ ले आफ्नो वडा भित्र रहेका ब्यबसायी, टोल बिकास समितिका अध्यक्षहरु,विभिन्न सघ सस्थाका प्रतिनिधिहरु लगाएत अन्य ब्यक्तिहरुलाइ कर अभियानसग जोड्ने उधेश्यले तालिमको आयोजना गरिएको वडा अध्यक्ष कृष्ण कुमार गुरुङले जानकारी दिए ।अभियान अन्तर्गत सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, दर्ता, नवीकरण, नक्सा पास गरे/नगरेको लगाएतका अन्य बिषयहरु हेरिने राजश्व महाशाखा प्रमुख बिसुराम कुवरले जानकारी दिए।
मगलबार सम्म चल्ने उक्त तालिममा एक सय २० भन्दा बढीको सहभागिता रहेको वडा सचिब पन्चमाया तामाङले जानकारी दिए ।गत माघ १९ गते बाट शुरु भएको महानगरको कर अभियान आगामी असार १५ गते सम्म जारी रहने छ । तीन दिन सम्म चल्ने तालिममा महानगरका राजश्व शाखा प्रमुख बिसुराम कुवरले प्रशिक्षण दिने छन् ।उद्वघाटन कार्यक्रममा वडा अध्यक्ष कृष्ण कुमार गुरुङ,रमेशकुमार श्रेष्ठ,वडा सदस्य बिबेक श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।