काठमाडौं, मंसिर ६-
आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा सक्दो छिटो आउने दाबी गरे ।
आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उनको भनाइ थियो ।