काठमाडौ, २ मंसिर –
निर्वाचन आयोगले ‘भेलुबाजे’ भनेर चिनिने मीनबहादुर बुढालाई २ हजार दिई आफ्नो प्रचारप्रसार गराएको भन्दै सूर्य थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
स्पष्टीकरणमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईँले मीनबहादुर बुढा ९भेलुबाजे० लाई नगद वितरण गर्नु भएको हो, होइन ? तपाईँले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लङ्घनमा तपाईँलाई किन कारबाही हुनु नपर्ने हो रु यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नू’ भनिएको छ ।
आयोगले आयोगले नेकपा (एकीकृत समाजवादी) बारा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ र सोही जिल्लाको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रतिनिधि सभा क्षेत्र नम्बर ४ को प्रदेश सभा २ का उम्मेदवार जितेन्द्र सोनललाई पनि स्पष्टीकरण सोधेको छ । निर्वाचनको स्थिर अवधि शुरु भइसकेको अवस्थामा प्रचारप्रसार जारी राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । पत्र प्राप्त भएको समयले १२ घण्टाभित्र आयोगको इमेल ठेगानामा वा जिल्ला निर्वाचन कार्यालय बारामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।