Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, बैशाख १३, २०८३
☰
Logo आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ३. सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ४. महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ५. स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन

  • ६. युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

  • ७. सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

  • ८. अक्षय तृतीयाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

  • ९. पश्चिम नवलपरासीमा १२ घर जलेर नष्ट

  • १०. पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

बेलायती नयाँ प्रधानमन्त्री सुनकसामु चुनौतीका चाङ, भारतमा भने हर्षबढाइँ

काठमाडौँ-  कार्तिक ०८

सन् २०१५ मा सांसद बनेका ऋषि सुनकले मंगलबार बेलायतको प्रधानमन्त्रीको कुर्सी सम्हाल्दैछन्। लिज ट्रसले गत बिहीबार राजीनामा दिएपछि बेलायतमा नयाँ प्रधानमन्त्रीको दौड सुरु भएको थियो।

सेप्टेम्बर पहिलो साता सुनक उनै ट्रससँग कन्जरभेटिभ पार्टीको दलको नेता र प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा पछि परेका थिए।

यसपालि भने सुनक कसैसँग लड्नु परेन। प्रधानमन्त्री बन्ने दौडमा सहभागी हुन आवश्यक पर्ने कन्जरभेटिभ पार्टीका एक सय सांसदको सहमति जुटाउन सुनक सहजै सफल भएका छन्। उनीसँग प्रतिस्पर्धामा उत्रने भनिएकी पेन्नी मोर्डन्टले भने त्यस्तो सहमति जुटाउन सकिनन्। त्यसपछि सुनकको प्रधानमन्त्री बन्ने बाटो खुलेको हो।

४२ वर्षीय सुनकलाई बेलायतका राजा चार्ल्सले मंगलबार प्रधानमन्त्री नियुक्त गर्नेछन्। जसले बेलायतले  दुई सय वर्षयताकै कान्छो  प्रधानमन्त्री पाउनेछ। त्यति मात्र होइन, सुनक एसियाली मूलका पहिलो बेलायती प्रधानमन्त्री हुनेछन्।

बोरिस जोन्सनले जुलाई ७ मा राजीनामा दिएपछि ट्रस बेलायतको प्रधानमन्त्री बनेकी थिइन्। जोन्सन नेतृत्वको मन्त्रिपरिषद्‌मा सुनक अर्थमन्त्री थिए। सुनकले जिम्मेवारी त्यागेपछि जोन्सनको सरकार कमजोर बनेको थियो। अन्ततः जोन्सन राजीनामा दिन बाध्य भएका थिए।

अहिले पनि कन्जरभेटिभ पार्टीभित्र सुनकलाई जोन्सन सरकार ढल्नुको मुख्य कारण मान्ने नेताको संख्या ठूलो छ। सुनकसँग कन्जरभेटिभ पार्टीलाई आमनिर्वाचन जिताउन सक्ने क्षमता नरहेको उनीहरूको जिकिर छ। कन्जरभेटिभ पार्टीले सन् २०१९ मा जोन्सनको नेतृत्वमा निर्वाचनमा विजय हासिल गरेको थियो।

जोन्सन यस्तो बेला प्रधानमन्त्री बन्न लागेका छन्, जतिबेला बेलायतको अर्थतन्त्र ठिकठाक छैन। त्यहाँको मुद्रा पाउन्ड स्ट्रर्लिङको अवमूल्यन भइरहेको छ।  त्यसैले बेलायतका धनी सांसदहरूको सूचीमा पर्ने सुनकका अगाडि निकै ठूला चुनौती छन्। जस्तै : आर्थिक समस्या हल गर्ने, बढ्दो महँगी नियन्त्रण गर्ने, रुस-युक्रेन युद्ध आदि।

सुनकका समर्थक बेलायतमा बल्ल सही नेता नेतृत्वमा पुग्न लागेको भनेर प्रशंसा गरिरहेका छन्। अन्तर्राष्ट्रिय तथा घरेलु लगानीकर्ताका बेलायती अर्थनीति र अर्थतन्त्रलाई लिएर डराइरहेको अवस्थामा सुनकको आगमन सुखद रहेको उनका समर्थकको दाबी छ।

बेलायती संसद्‌मा प्रमुख विपक्षी रहेको लेबर पार्टीले सुनक धनाढ्य समुदायको प्रतिनिधि भएको र आमबेलायती नागरिकको मतलब उनलाई नभएको भनेर प्रचार गर्ने सम्भावना छ। अधिकांश बेलायती ऊर्जा र खाद्य संकटसामु पुगेको र उनीहरूलाई तिनबाट बाहिर निकाल्न सुनकसँग कुनै योजना नरहेको भनेर प्रचार गर्न लेबर पार्टी तम्तयार भएर बसेको बताइँदैछ।

उसो त कन्जरभेटिभ पार्टीभित्रै पनि सुनकलाई लिएर विभाजनको स्थिति छ। सुनकलाई मन नपराउने सांसदको संख्या निकै रहेको र तिनलाई उनले आफ्नो पक्षमा कसरी ल्याउन सक्छन्, यो आजको मुख्य प्रश्न हो। यसो किन पनि भनिएको हो भने कन्जरभेटिभ पार्टीको दलको नेता चुन्न सेप्टेम्बर ५ मा भएको मतदानमा ट्रसले ५७ प्रतिशत मत पाएकी छन्।

सुनकले भने बेलायतको अर्थतन्त्रलाई सही दिशामा लाने, पार्टीलाई एकबद्ध बनाउने र नागरिकको अपेक्षा गरेअनुसारको नतिजा दिने बताएका छन्। ‘सरकार र यसका सबै निकाय सही ढंगले चलून् भनेर म दिनरात चनाखो रहनेछु, खटिनेछु,’ आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दा सुनकले भनेका थिए।

सन् १९८० मा भारतीय मूलको हिन्दु परिवारमा जन्मिएका हुन् सुनक। उनको परिवार सन् १९६० को दशकमा पूर्वी अफ्रिकाबाट बेलायत बसाइँ सरेको भनिएको छ। सुनकका बुवा यसभिर डाक्टर हुन् भने आमा उषा औषधीपसल चलाउँथिन्। यसभिर केन्यामा जन्मिएका थिए भने उषा तान्जिनियामा। सुनकका घरपट्टिका हजुरबा र हजुरआमा भने सन् १९४७ अघिको पञ्जाबबाट अफ्रिका गएका थिए।

सुनकले बेलायतकै महँगोमध्येको एक विद्यालयमा पढेका थिए। विश्वविद्यालयस्तरको पढाइ भने उनले अक्सफोर्डबाट पूरा गरेका हुन्। त्यहाँ उनले राजनीतिशास्त्र, दर्शनशास्त्र र अर्थशास्त्र अध्ययन गरेको बताइएको छ। ट्रस र अर्का पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन पनि अक्सफोर्डकै विद्यार्थी हुन्।

सुनकले आफ्नो निर्वाचन प्रचारप्रसारमा ‘विश्वस्तरीय शिक्षा सबै बेलायतीका लागि जन्मसिद्ध अधिकार हो’ भन्दै आएका छन्। ‘ग्रामर स्कुल’ को संख्या बढाउनुपर्नेमा उनको जोड छ। ‘ग्रामर स्कुल’ बेलायत सरकारले सञ्चालन गर्ने यस्ता माध्यमिक विद्यालय हुन् जहाँ ११ वर्ष पुगेका विद्यार्थीलाई कठिन प्रवेश परीक्षा लिएर भर्ना गरिन्छ।

सुनकमाथि अनेकौँ प्रश्न पनि उठेका छन्। भारतीय अर्बपति नारायण मूर्तिकी छोरी अक्षतासँग बिहे गरेका सुनक सामान्य बेलायती नागरिकसँग नजोडिएको नेता भएको आरोप छ। उनकी श्रीमती अक्षताले आफ्नो स्थायी ठेगाना बेलायतबाहिर रहेको फाइदा उठाउँदै बेलायतमा कर नतिरेको आरोप पनि छ। जुन उनले गत अप्रिलमा स्वीकार गरेकी थिइन्।

सुनककै पनि अमेरिकी ग्रिन कार्ड रहेका खुलेपछि खुबै आलोचना भएको थियो। पछि अक्षताले बेलायतमा कर तिर्ने गरी आफ्नो ‘स्टाटस’ परिवर्तन गरिन् भने सुकनले ग्रिनकार्ड त्यागे।

आमबेलायती नागरिक बढ्दो ग्यासको मूल्यबाट पिरोलिएका बेला सुनक डाउनिङ स्ट्रिट प्रवेश गर्दैछन्। डाउनिङ स्ट्रिट पुग्ने थोरै धनी नेतामध्येका एक सुनक र उनकी श्रीमती बेलायतका दुई सय पचास धनी व्यक्तिको सूचीमा छन्। यी दुईको संयुक्त सम्पत्ति ८० करोड पाउन्ड बराबरको रहेको बताइन्छ।

औपचारिक रूपमै प्रधानमन्त्रीको पद सम्हाल्न थालेपछि उनलाई मार्गारेट थ्याचर र बेन्जामिन डिज्राइलीसँग दाँजिनेछ। थ्याचर बेलायती इतिहासकै पहिलो महिला प्रधानमन्त्री थिइन् भने डिज्राइली यहुदी समुदायबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति। ती दुई जस्तै सुनक पनि कठिन परिस्थितिमा प्रधानमन्त्री बन्न लागेका हुन्।

‘हो हामी कठिन मोडमा छौँ। अर्थतन्त्र बिग्रिएको छ। अब हामीले बेलायतलाई स्थिर बनाउनु छ। यो देशका सबैलाई एक ठाउँमा ल्याउनु मेरो पहिलो प्राथमिकता हो,’ सुनकले भनेका छन्।

सुनक सन् २०२० मा अर्थमन्त्री बनेका थिए। कोभिड-१९ महामारीका बेला उनले अर्थमन्त्रीका हैसियतले जे जे गरे, त्यसले उनलाई लोकप्रिय नेताका रूपमा स्थापित गरेको थियो। जोन्सन र उनी नेतृत्वको सरकार लगातार विवादमा परिरहेपछि भने सुनकले गत जुलाईमा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

जोन्सनको सरकार ढालेको आरोप खेपिरहेका सुनकले अब लेबर पार्टीको दबाब पनि खेप्नुपर्नेछ। विभिन्न सर्वेक्षणले पछिल्ला दिनमा लेबर पार्टीको लोकप्रियता बढेको देखाएका छन्। यस्तोमा लेबरले आमनिर्वाचनको माग गरिरहेको छ।

सुनकले प्रधानमन्त्रीका रूपमा ल्याउने आर्थिक नीतिका कारण ताजा जनादेशमा जानुपर्ने माग झनै कडा हुने अनुमान छ। सुनकले सरकारको खर्च कटौती गर्ने आर्थिक नीति ल्याउने बताइएको छ। उता मोर्डन्टले भने सुनकलाई समर्थन गर्न पार्टी समर्थकलाई आह्वान गरेकी छन्।

Chitwan Aaja चितवन आज
मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
काँकडभिट्टाबाट साढे सात हजार ६४२ पर्यटक भित्रिए
सुकुमवासी बस्तीका पशुप्राणीको यसरी हुँदैछ उद्धार
बुटवलस्थित उच्च अदालतको अतिक्रमित संरचना हटाउन थालियो (तस्बिरसहित)

ताजा समाचार

सबै

काँकडभिट्टाबाट साढे सात हजार ६४२ पर्यटक भित्रिए

सुकुमवासी बस्तीका पशुप्राणीको यसरी हुँदैछ उद्धार

बुटवलस्थित उच्च अदालतको अतिक्रमित संरचना हटाउन थालियो (तस्बिरसहित)

धमाधम हुँदैछ सुकुमवासीको स्क्रिनिङ, सँगसँगै स्वास्थ्य जाँच

आँबुखैरेनी गाउँपालिकाको वडामै पहिलोपटक सडक कालोपत्र

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

गाजामा इजरायली आक्रमणः छ प्रहरीसहित १२ प्यालेस्टिनीको मृत्यु

लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ

यस्तो रहने छ आजको राशिफल

चितवनको मेघौलीमा पहिलो पटक वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो

जनतालाई धेरै दुःख नदिन बालेनलाई हर्कको आग्रह

सुकुमबासी बस्ती हटाउने विषयमा बोले प्रधानमन्त्री बालेन

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

सुक्खाले बढायो डढेलो र प्रदूषण

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ३.
    सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ४.
    महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ५.
    स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन

  • ६.
    युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.