सप्तरी, असोज २६-
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ सप्तरीका २० जना महिलाले उम्मेदवारी दिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार कुल एक सय ८१ जनाले उम्मेदवारी दिएको र त्यसमध्ये महिला २० जना रहेका छन् ।
प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा एक जना, प्रतिनिधिसभाको क्षेत्र नम्बर २ मा तीन जना प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा एक जना गरी पाँच जना महिलाले उम्मेदवारी दिएका हुन् । प्रदेशसभातर्फ भने १५ जना महिलाको उम्मेदवारी परेको छ।
सप्तरी(१ बाट टीकालक्ष्मी चौधरीले नागरिक उन्मुक्ति पार्टीवाट उम्मेदवारी दिएकी छिन् । प्रतिनिधिसभा सदस्य पदका लागि सप्तरी( २ बाट तीन जना महिलाको उम्मेदवारी परेको छ ।
नेपाल संघीय समाजवादी पार्टीबाट प्रमिलादेवी मण्डल, पीछडा वर्ग निषद दलित जनजाति पार्टीबाट सुमित्रा मण्डल र नेपाली जनता दलबाट चन्द्रकुमारी देवले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभा सदस्य पदका लागि सप्तरी( ४ बाट माधुरीकुमारी साहले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । सप्तरी- १ को प्रदेशसभा (क) बाट शशीकलाकुमारी चौधरी र महावती मलाहले र सप्तरी(१ को ९ख० सुनिताकुमारी मलाहले उम्मेदवारी दिएका छन् । चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट र मलाहद्वयले नेपाल मजदूर किसान पार्टी ९नेमकिपा० बाट उम्मेदवारी दिएका हुन् ।
क्षेत्र नम्बर २ (क) बाट तीन जना महिलाको उम्मेदवारी परेको छ । चन्द्रकला सिंह र पुनिताकुमारी ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने विणादेवी यादवले नेपाल मजदूर किसान पार्टी नेमकिपाबाट उम्मेदवारी दिएका हुन् ।
निर्वाचन क्षेत्र नम्बर २ ९ख० बाट पनि तीन जना महिलाको उम्मेदवारी परेको छ । प्रतिमा कुमारी देवले कांग्रेस बीपीबाट उम्मेदवारी दिएकी छिन् भने सकुन्तलादेवी यादव र रिंकुदेवी यादवले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
क्षेत्र नम्बर ३(क)बाट दुई जना महिलाले उम्मेदवारी दिएका छन् । गिरिजाकुमारी चौधरी र अनमोल यादवले उम्मेदवारी दिएका हुन् । चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट र यादवले नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दिएका हुन् ।
क्षेत्र नम्बर ३(ख) बाट ऐलिना आचार्य र डोमनीदेवी रामले उम्मेदवारी दिएका हुन् । आचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी र रामले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट उम्मेदवारी दिएका हुन् ।
क्षेत्र नम्बर ४ (क)बाट चिन्तादेवी सिंह र क्षेत्र नम्बर ४ ९ख० बाट ललितादेवी लताले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।










