काठमाडैं, वैशाख ३ –
रिलायन्स फाइनान्स लिमिटेड वि।सं। २०६६ सालदेखि नेपालमा सञ्चालन भइरहेको एक नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको राष्ट्रियस्तरको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो। अनुभवी बैंकर्स तथा व्यवसायीहरूको समूहद्वारा प्रवर्द्धित यस संस्थाको मुख्य कार्यालय कमलादी, काठमाडौंमा रहेको छ। देशभर फैलिएका आफ्ना २१ वटा शाखामार्फत रिलायन्स फाइनान्सले छिटो, भरपर्दो तथा प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।
रिलायन्स फाइनान्स लिमिटेड नेपालका प्रमुख ‘ग’ वर्गका वित्त कम्पनीहरूमध्ये एक हो, जसले आधुनिक बैंकिङ सेवा, डिजिटल सुविधा र ग्राहक केन्द्रित दृष्टिकोणमार्फत वित्तीय क्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाएको छ।
आजको कुराकानीको सन्दर्भमा रिलायन्स फाइनान्स लिमिटेड, नारायणगढ शाखाका शाखा प्रमुख श्री सतीश महर्जनसँग अहिलेको बजारको अवस्था र समग्र वित्तीय स्थितिबारे छोटो कुराकानी गर्ने अवसर मिलेको छ। बैंकिङ क्षेत्रमा लामो अनुभव भएका श्री सतीश महर्जन विगत डेढ वर्षदेखि यस शाखामा शाखा प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ।
प्रश्न:नमस्ते सतीश जी, तपाईंको बैंकिङ यात्राबारे छोटकरीमा बताइदिनुहोस्।
उत्तर: नमस्ते। मेरो बैंकिङ यात्रा झण्डै १५ वर्ष अघि एक प्रतिष्ठित वाणिज्य बैंकबाट सुरु भएको हो। सुरुवाती दिनदेखि नै मैले ग्राहक सेवा, कर्जा प्रक्रिया, शाखा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी काम गर्ने र सिक्ने अवसर पाएँ। यस क्रममा मैले टिम व्यवस्थापन, व्यवसाय वृद्धि, जोखिम व्यवस्थापन र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनहरूको कार्यान्वयनमा महत्वपूर्ण अनुभव हासिल गरेको छु। बैंकिङ क्षेत्रमा काम गर्दा ग्राहक सन्तुष्टि र दिगो वित्तीय विकासमा योगदान दिन पाउँदा गर्व महसुस हुन्छ।
प्रश्न: रिलायन्स फाइनान्सका सेवा–सुविधाबारे जानकारी गराइदिनुहोस्।
उत्तर: यस फाइनान्स कम्पनीले सर्वसाधारणलाई लक्षित गर्दै बचत खाता, मुद्दती निक्षेप तथा आवधिक निक्षेपजस्ता सेवाहरू प्रदान गर्दै आएको छ। ग्राहकहरूले आफ्नो रकम सुरक्षित राखी आकर्षक ब्याज आम्दानी गर्न सक्छन्।
त्यस्तै, सरल प्रक्रिया र सहज सर्तमा व्यक्तिगत, घर, सवारी तथा व्यवसायिक प्रयोजनका लागि विभिन्न प्रकारका कर्जा सेवाहरू पनि उपलब्ध छन्। विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै रेमिट्यान्स सेवा, मोबाइल बैंकिङ तथा ब्त्ः सेवा पनि प्रभावकारी रूपमा सञ्चालनमा छन्।
प्रश्न: हालको आर्थिक अवस्थाले बैंकिङ क्षेत्रमा के कस्ता चुनौती ल्याएको छरु
उत्तर: अहिले बैंकिङ क्षेत्रमा तरलता व्यवस्थापन, कर्जा विस्तार र जोखिम नियन्त्रण मुख्य चुनौतीका रूपमा रहेका छन्। साथै, नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनअनुसार काम गर्नुपर्ने भएकाले अयmउष्बिलअभ पनि महत्वपूर्ण विषय हो।
यी चुनौती व्यवस्थापन गर्न हामीले निक्षेप संकलन बढाउने, ग्राहकसँग नजिकको सम्बन्ध विकास गर्ने र कर्जा प्रवाह गर्दा जोखिम विश्लेषणमा विशेष ध्यान दिएका छौं।
प्रश्न: नारायणगढ–सौराहा क्षेत्रमा पर्यटन व्यवसायमा तपाईंहरूको योगदान कस्तो छरु
उत्तर: नारायणगढ–सौराहा क्षेत्र नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एक हो। हाम्रो शाखाले पर्यटन व्यवसायलाई प्राथमिकतामा राख्दै होटल, रिसोर्ट तथा साना व्यवसायीहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ।
त्यस्तै, कृषि क्षेत्रलाई पनि प्राथमिकता दिँदै किसानहरूलाई बीउ, मल, कृषि उपकरण खरिद तथा उत्पादन विस्तारका लागि कर्जा सुविधा प्रदान गरिएको छ। यसले स्थानीय आर्थिक गतिविधि र रोजगारीमा सकारात्मक प्रभाव पारेको छ।
प्रश्न: डिजिटल बैंकिङको प्रभाव कस्तो देख्नुहुन्छरु
उत्तर: डिजिटल बैंकिङले बैंकिङ सेवाहरू निकै सहज बनाएको छ। अब ग्राहकहरू शाखामा नआइकनै धेरै काम गर्न सक्षम भएका छन्। भविष्य पूर्ण रूपमा डिजिटल बैंकिङतर्फ उन्मुख देखिन्छ।
यसका लागि हामीले मोबाइल बैंकिङ, त्तच् सेवा तथा अनलाइन सेवाहरू विस्तार गरेका छौं। ग्राहक सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो।
प्रश्न:शाखाको व्यवसाय वृद्धि गर्न कस्ता रणनीति अपनाउनुभएको छरु
उत्तर: हामी स्थानीय व्यवसायीसँग सहकार्य गर्दै साना तथा मझौला उद्योग ९क्ःभ्क० लाई प्राथमिकता दिन्छौं। उनीहरूको आम्दानी र भुक्तानी क्षमताको विश्लेषण गरेर मात्र कर्जा प्रवाह गरिन्छ।
यसले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउनुका साथै शाखाको कर्जा पोर्टफोलियो पनि सुदृढ बनाउँछ।
प्रश्न: कर्मचारी व्यवस्थापनबारे तपाईंको दृष्टिकोण कस्तो छरु
उत्तर: कर्मचारी व्यवस्थापनलाई म शाखाको सफलताको मुख्य आधार मान्छु। प्रभावकारी व्यवस्थापनका लागि स्पष्ट लक्ष्य, उचित मार्गदर्शन, निरन्तर तालिम र सकारात्मक कार्य वातावरण आवश्यक हुन्छ।
प्रत्येक कर्मचारीको क्षमता पहिचान गरी जिम्मेवारी दिनुपर्छ। साथै, खुला संवादको वातावरणले विश्वास र सहकार्य बढाउँछ।
प्रश्न:अन्त्यमा केही भन्न चाहनुहुन्छरु
उत्तर: आज मलाई रिलायन्स फाइनान्सका तर्फबाट आफ्नो धारणा राख्ने अवसर दिनुभएकोमा धन्यवाद। आगामी दिनहरूमा अझ सुदृढ, छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। ग्राहकहरूको विश्वासकै कारण हामी यहाँसम्म आइपुगेका हौं र भविष्यमा पनि यही साथको अपेक्षा राख्दछौं।










