काठमाडौँ, माघ २५-
नेपालका स्पिनर शेर मल्लले आफ्नो डेब्यू म्याचमै शानदार सुरुवात गरेका छन् । टि–२० विश्वकप अन्तरगत ईंग्ल्यान्ड विरुद्धको म्याचमा प्लेइङ ११ मा अटाएका उनले आफ्नो पहिलो बलमै विकेट लिए । ईंग्ल्यान्डका ओपनर फिल साल्टलाई उनले आउट गराएका हुन् ।
यस्तै नन्दन यादवले पनि एक विकेट लिएका छन् । यादवले ईंग्ल्यान्डका ओपनर जोस बटलरलाई आउट पार्दै दोस्रो सफलता दिलाएका हुन् ।








