विराटनगर कात्तिक,२७
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढ्दै आएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
को १ झ ६५० नम्बरको सरकारी गाडीले बिहीबार दिउँसो विराटनगरबाट बेलबारी तर्फ जाने क्रममा ग्रामथान–५ ककडमाडीमा बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।
सो गाडीको ठक्करबाट ग्रामथान गाउँपालिका–५ का ३५ वर्षीय प्रवेश चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको समयमा सांसद आङ्बो भने गाडीमा थिएनन् ।
गाडी र चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का ४० वर्षीय गम्भीरमान सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । गम्भीरमान आङ्बोका स्वकीय हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














