Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, कार्तिक १०, २०८२
☰
Logo सोमबार, कार्तिक १०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

  • २. आज सोमबार कुन राशिका लागि आजको दिन शुभ ?हेर्नुस राशिफल

  • ३. गीतानगरमा कार्तिक ५ गते सांस्कृतिक एंव लाईभ कन्सर्ट हुँदै

  • ४. चितवनको टिकौली जंगलमा बस र कार ठोक्किदा एक जनाको मृत्यु, ९ जना घाइते

  • ५. भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

  • ६. कुन देशमा कति बजे छ भाइटीकाको उत्तम साइत ?

  • ७. विपिन जोशीको गोली हानी हत्या गरिएको इजरायली राजदूतको भनाइ

  • ८. रसुवागढी–केरुङ जोड्ने बेलिब्रिज निर्माण अन्तिम चरणमा

  • ९. गायिका नितु पौडेलको मृत्यु प्रकरणमा गायक बाबुल गिरी पक्राउ

  • १०. चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना, ७ जनाको मृत्यु

छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य

काठमाडौँ कार्तिक १०
कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ ।

बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा-झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरू भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

व्रतविधि

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीले जनाएको छ ।

षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ ।

विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ । बीचमा केही वर्ष बिदा काटिएकामा अहिले फेरि दिन थालिएको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरी लगायत वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाइ चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रूपमा स्थापित भएको छ ।

Chitwan Aaja चितवन आज
सोमबार, कार्तिक १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अझै पाँच हजार कैदी कारागार बाहिरै
अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो
छठ पूजाका लागि प्रधानमन्त्री कार्की कमलपोखरी जाने

ताजा समाचार

सबै

अझै पाँच हजार कैदी कारागार बाहिरै

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो

छठ पूजाका लागि प्रधानमन्त्री कार्की कमलपोखरी जाने

परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैनः संयोजक प्रचण्ड

समुद्री आँधीको चपेटामा भारतको पूर्वी राज्य, भारी वर्षाको चेतावनी

घाइते भेट्दा नवनियुक्त स्वास्थ्यमन्त्रीले आँसु रोक्न सकिनन्, भनिन् : कसैले चुनाव भाँड्ने प्रयास नगर्नुहोस्

छठका बर्तालु बिहानै स्नान गरी निर्जल व्रत बसे, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

अन्डाको भाउ बढ्यो, प्रतिक्रेट ५ सय

ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

नक्कली पेस्तोलसहित एक जना पक्राउ

उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै

सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्वः कावा सभापति खड्का

दुईदिनमा प्रतितोला १३ हजार ६ सयले घट्यो सुनको मूल्य

३०० विदेशी पर्यटकद्वारा कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमण

छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य

आज सोमबार कुन राशिका लागि आजको दिन शुभ ?हेर्नुस राशिफल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

  • २.
    आज सोमबार कुन राशिका लागि आजको दिन शुभ ?हेर्नुस राशिफल

  • ३.
    गीतानगरमा कार्तिक ५ गते सांस्कृतिक एंव लाईभ कन्सर्ट हुँदै

  • ४.
    चितवनको टिकौली जंगलमा बस र कार ठोक्किदा एक जनाको मृत्यु, ९ जना घाइते

  • ५.
    भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

  • ६.
    कुन देशमा कति बजे छ भाइटीकाको उत्तम साइत ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech