भरतपर, असोज २९
नेपालले ओमनलाई १५२ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १५१ रन जोड्यो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। कुशलले ६९ रन जोड्ने क्रममा ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले २४ रन जोडे।
तर रोहित पौडेल १ रन, दीपेन्द्रसिंह ऐरी २ रन र कुशल मल्ल ७ रनमा आउट हुँदा नेपालले मध्य ओभरमा दबाब झेल्न परेको छ।