चितवन,साउन ७-
नेपाल प्रिमियर लिग (एनपीएल) टिम चितवन राइनोजले एनपीएलको दोस्रो सिजनका लागि आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।
गत सिजनको लोगोमा ‘चितवन’ शब्दलाई मुख्य रूपमा प्रस्तुत गरिएको थियो भने, यसपटक ‘राइनोज’ अर्थात् गैंडालाई अगाडि राखिएको छ। त्यस्तै लोगोमा देखाइएको ब्याटको चिह्न यसपटक भने देखिएको छैन ।
यसले चितवन राइनोज टिमको मर्म र फ्यानहरुको भावना दुबैलाई जोड्ने अपेक्षा गरिएको चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिए ।
चितवनले दोस्रो सिजनका लागि अघिल्लो सिजनका मार्की तथा कप्तान कुशल मल्लसहित ६ खेलाडी रिटेन गरिसकेको छ ।
एनपीएलको मिनी अक्सन पनि अगस्टमा हुने तय छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार