काठमाडौं, असार २४-
अस्ट्रेलियामा अर्को महिना आयोजना हुने ‘टप इन्ड टी-२०’ श्रृंखलामा नेपाली टोलीले आफ्नो पहिलो खेल अस्ट्रेलियाको उत्तरी प्रान्तीय स्ट्राइक (एनटी)सँग खेल्नेछ । नेपाल र एनटीबीचको खेल अगस्त १५ तारिखमा खेलिने छ । खेल नेपाली समय अनुसार, दिउँसो २ः१५ बजे शुरू हुनेछ । मंगलबार सार्वजनिक गरिएको खेल तालिका अनुसार, नेपालले आफ्नो दोस्रो खेल बंगलादेशको ‘ए’ टोलीसँग खेल्नेछ ।
नेपाल र बंगलादेश ‘ए’बीचको खेल अगस्त १६ तारिखमा खेलिने छ । उक्त खेल दिउँसो ३ः१५ बजे शुरू हुनेछ । नेपालले आफ्नो तेस्रो खेल मेलबर्न स्टार्ससँग अगस्त १८ तारिखमा खेल्नेछ । उक्त खेल नेपाली समय अनुसार, बिहान ७ः१५ बजे शुरू हुनेछ । यसैगरी, नेपाली टोलीले आफ्नो चौथो खेल होबर्ट हरिकन्ससँग अगस्त १९ तारिखमा खेल्नेछ । नेपाल र होबर्ट हरिकन्सबीचको खेल नेपाली समय अनुसार, बिहान ११ः१५ बजे शुरू हुनेछ । नेपाली टोलीले आफ्नो पाँचौं खेल अगस्त २० तारिखमा मेलबर्नसँग खेल्नेछ । खेल बिहान ११ः१५ बजे शुरू हुनेछ ।
उक्त शृंखलामा नेपाली टोलीले आफ्नो छैटौं तथा अन्तिम खेल अगस्त २२ तारिखमा पाकिस्तान शाहिन्ससँग खेल्नेछ । नेपाल र पाकिस्तान शाहिन्सबीचको खेल नेपाली समय अनुसार, दिउँसो ३ः१५ बजे शुरू हुनेछ ।