काठमाडाैं जेठ २०
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किङ्सलाई जितका लागि १९१ रनको लक्ष्य दिएको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको योगफल तयार पारेको हो।
बेंगलुरुका लागि सर्वाधिक रन कप्तान विराट कोहलीले जोडे, जसले ३५ बलमा ३ चौका प्रहार गर्दै ४३ रन बनाए। रजत पाटिदारले १६ बलमा २ छक्का र १ चौकासहित २६ रन जोडे। त्यस्तै, मयंक अग्रवालले १८ बलमा २४ रन, लियाम लिभिङस्टोनले १५ बलमा २५ रन , जितेश शर्माले १० बलमा २४ रन र रोमारियो शेफर्डले ९ बलमा १७ रनको योगदान गरे। ओपनर फिल साल्टले ९ बलमा १६ रन बनाए।
पञ्जाबका लागि कायल जेमिसनले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए। अर्शदीप सिंहले पनि ३ विकेट झारे भने अजमतुल्लाह ओमरजाई, युजवेन्द्र चहल र विजयकुमार वैशाकले १–१ विकेट लिए।