चितवन, बैशाख १५
जापानको ओसाका शहरमा भएको २१ औ वाटा खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अर्किड माध्यमिक विद्यालयका छात्र सफल लामाले स्वर्ण पदक प्राप्त गरेका छन् ।
बैशाख १२,१३, र १४ गते सम्पन्न भएको १४ वर्ष उमेर समुहको पुम्से तर्फ सफल लामाले स्वर्ण पदक प्राप्त गरेका हुन् ।
प्रेरणा तेक्वान्दो डोजाङ समुहबाट सहभागी सफल लामा संगै योगेश कवर योगीले ३० वर्ष उमेर समुहमा एकल पुम्से अन्तर्गत स्वर्णपदक र ४८ केजि तौल समुहमा सुलभ शर्माले फाइटतर्फ स्वर्ण पदक जितेका छन् ।