काठमाडौं फागुन ११-
घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले २–२ को बराबरी खेलेका छन् ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चारै गोल पहिलो हाफमा भएको हो ।
म्यानमारकी म्यात नोइ खिनले छैटौँ मिनेटमा फ्रिकिक मार्फत अग्रता दिलाएकी थिइन् ।
तर, म्यानमारको यो अग्रता लामो समय टिक्न सकेन । खेलको ११औँ मिनेटमा नै सविता रानामगरले गोल गर्दै नेपाललाई खेलमा फर्काइन् ।
सावित्रा भण्डारीले उपलब्ध गराएको पासलाई सविताले पोस्टको दिशा दिएकी हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















