काठमाडौं, पुस २६ –
अभिनेता विराज भट्टले चलचित्र विकास बोर्डबाट आफ्नो सुपरहिट फिल्म ‘१२ गाउँ’को दोस्रो श्रृंखला निर्माणका लागि निर्माण इजाजत लिएका छन् ।
विराजले पुस ११ गते ‘१२ गाउँ २’ शीर्षकमा निर्माण इजाजत लिएका हुन् । फिल्मको बजेट एक करोड रुपैयाँ उल्लेख छ । विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा कथा, निर्देशन विराजकै हुने उल्लेख छ ।
कलाकारमा विराजसहित समीर भट्ट र सनिशा भट्टराईको नाम उल्लेख छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार ‘१२ गाउँ’को पहिलो भागले २० करोड हाराहारीमा बक्स अफिसमा कमाइ गरेको छ ।