काठमाडौं, मंसिर ३० –
नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो ।
विराटनगरका राजेश पुलामीले २५, दिपक बोहराले २०, स्कट इडवार्डले १५, बसिर अहमदले १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
विराटनगरलाई अलआउट गर्ने क्रममा काठमाडौंका ग्रेहार्ड इरास्मुसले तीन, दीपेश कँडेलले २ तथा शहाब आलम, करण केसी र डन डाउथवाइटले एक/एक विकेट लिए ।