काठमाडौं, मंसिर २७
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले सुपर ओभरमा १३ रनको रोमाञ्चक जित निकालेको छ ।
बिहीबार कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलको सुपर ओभरमा पोखराले दिएको १९ रनको लक्ष्य पछ्याउने क्रममा विराटनरले ६ बलमा पाँच रनमात्र बनाउन सक्यो ।
पोखराबाट बलिङमा रेमोन रेफर आएका थिए । उनको पहिलो बलमा विराटनगरका मार्टिन गप्टिलले एक रन लिए । दोस्रो बलमा विराटनगरका निकोलस किर्टोनले पनि एक रन नै लिए । तेस्रो बलमा गप्टिलले पुनः एक रन नै लिए ।
यसपछि विराटनगरलाई तीन बलमा १६ रनको आवश्यकता थियो । चौथो बल रेफरले डट फ्याँके । पाँचौँ बलमा किर्टोनले एक रन लिए । अन्तिम बलमा जितका निम्ति १५ रन आवश्यक हुँदा रेफरले वाइड फ्याके । पुनः अन्तिम बल रेफरले डट राखेपछि पोखराले सुपर ओभरमा १३ रनको जित निकालेको हो ।